दर्ता भनेको के हो?
GIOMS सफ्टवेयरको दर्ता चलानी ड्यासबोर्ड
दर्ता कार्यलयकाे प्रारम्भिक तथा आधारभुत अभिलेख हाे। कुनैपनि कार्यालय वा व्यवसायीक संघ सस्थाहरुमा दैनिक रुपमा प्राप्त हुने चिठि पत्र, निवेदन, टेलेक्स, टेलिग्राफ आदी कागजातहरुलाई क्रमबद्ध र व्यवस्थित रुपमा अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ। दर्ता एक सुरू अभिलेख पनि हाे। यसै बाट कार्यालय सम्बन्धि सम्पुर्ण कार्यकाे प्रारम्भ हुने हुनाले यस्लाइ सुरू अभिलेख भनिन्छ।
दर्ताबाट खर्च सिर्जना हुन्छ । प्राप्त कागजातलाई व्यवस्थित रुपमा अभिलेख राख्ने र आवश्यक कागजातलाई सुरक्षित साथ राखि कार्यालय व्यवस्थापनमा सहयोग पुर्याउनु दर्ताको मुख्य उद्देश्य हो । कार्यालयमा दर्ताको लागी एउटा छुट्टै दर्ता किताबको व्यवस्था गरिएको हुन्छ ।
दर्ता किताबमा उल्लेख हुनुपर्ने विषयहरूः
- दर्ता नम्बर
- दर्ता मिति
- प्राप्त पत्र तथा निवेदनकाे संख्या
- पत्र तथा निवेदनकाे शिर्षक
- पत्र पठाउने कार्यालयकाे नाम, ठेगाना
- पत्र मा उल्लेखित चलानी नम्बर
- पत्र तथा निवेदन सम्बन्धि जिम्मेवार शाखा/पत्र पठाइएको वा फर्वाड गरिएको शाखा
- पत्र बुझिलिने व्यत्ति सम्बन्धी महल
कार्यालयमा दर्ताकाे आवश्यकता तथा महत्व
- कार्यालयमा प्राप्त भएका प्रत्र तथा निवेदनहरूकाे संगतिपुर्ण कारवाहि अघि बढाउन,
- अभिलेख व्यवस्थापन गर्न,
- खर्च प्रारम्भकाे प्रमाणकाे रूपमा पेश गर्न,
- प्राप्त प्रत्र सम्बन्धि शाखा र कर्मचारीलाइ अभिलेख मार्फत थप उत्तरदायि बनाउन,
- सम्बन्धित कार्यमा कार्यप्रगति विवरण हेर्न,
- अनुगमन तथा मुल्यांकन गर्न
- वार्षिक रूपमा कार्यालयले सम्पादन गरेका कामकाे फेहरिस्त निकाल्न
- सम्बन्धित शाखा मा पत्र वा निवेदन हराए अथवा नष्ट भए तत् सम्बन्धि विवरण हेर्न।
हाल केन्द्रिय निकायहरुमा अफिस अटोमेसन तथा GIOMS मार्फत दर्ता तथा चलानी कार्य गरिदै आएको छ भने कति पय प्रादेशिक तथा स्थानीय तहहरुले आ-आफ्नो दर्ता तथा चलानी सफ्टवेयर विकास गरि प्रयोगमा ल्याइएको पाइन्छ। समग्रमा दर्ता कार्यालयको प्रारम्भिक र आधारभूत अभिलेख हो। कुनै पनि कार्यालयगत क्रियाकलापको सुरुवात दर्ता देखि हुन्छ।
