नेपाल सरकारको नीति ढाँचा स्वीकृत
सरकारी नीतिहरुलाई एकरुपता कायम गर्ने प्रयास स्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल सरकारले तय गर्ने राष्ट्रिय नीतिको ढाँचा स्वीकृत गरेको छ। मिति २०८१ पौष ०५ गते मुख्यसचिव श्री एकनारायण अर्यालले राष्ट्रिय नीतिको ढाँचा स्वीकृत गर्नुभएको हो।
मुख्यसचिव द्वारा स्वीकृत नेपाल सरकारको राष्ट्रिय नीतिको ढाँचा तपशिल बमोजिमको छ।
नेपाल सरकारले स्वीकृत गर्ने राष्ट्रिय नीतिको ढाँचा
परिच्छेद १: परिचय
१.१. पृष्ठभूमि
नीतिसँग सम्बन्धित विगत एवं वर्तमान अवस्थाको संक्षिप्त विवरण।
१.२. समस्या तथा चुनौती र नीतिको आवश्यकता
प्रस्तावित नीतिसँग सम्बन्धित विषयको विद्यमान समस्या, चुनौती एवं नयाँ नीति तर्जुमाको आवश्यकताको संक्षिप्त पुष्ट्याँइ।
परिच्छेद २: नीति संरचना
२.१. दूरदृष्टि (Vision)
नीतिले अवलम्बन गरेको भविष्य उन्मुख सोच।
२.२. ध्येय (Mission)
दूरदृष्टि अनुसारको अवस्था हासिल गर्ने माध्यम।
२.३. लक्ष्य ( Goal)
नीतिको दूरदृष्टि र ध्येय हासिल गर्नको निम्ति आवश्यक विशिष्ट, मापनयोग्य र समय-निश्चित लक्ष्य।
२.४. उद्देश्य (Objective)
नीतिको लक्ष्य हासिल गर्न लिइने उद्धेश्यहरु।
२.५. नीति (Policy)
नीतिका उद्देश्य हासिल गर्न अवलम्बन गरिने मुख्य विषयहरुको बुँदागत प्रस्तुति।
२.६. रणनीति ( Strategy )
प्रत्येक नीतिलाई कार्यान्वयनमा लैजान अवलम्बन गरिन छुट्टाछुट्टै रणनीतिहरु।
२.७. कार्यनीति ( Action Policy )
प्रत्येक रणनीतिहरुसँग सम्बन्धित प्रमुख क्रियाकलापहरुको बुँदागत प्रस्तुति।
परिच्छेद ३: नीति कार्यान्वयन
३.१. संस्थागत व्यवस्था
नीति कार्यान्वयनको संस्थागत व्यवस्था।
३.२. कानुनी व्यवस्था
नीति कार्यान्वयनको लागि आवश्यक कानूनी प्रबन्ध।
३.३. वित्तीय व्यवस्था
नीति कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोतको व्यवस्था।
३.४. नीति समन्वय र सामञ्जस्यता
अन्य क्षेत्रगत नीतिहरुबीच समन्वय र सामञ्जस्यता तथा नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारी।
३.५. जोखिम पहिचान र व्यवस्थापन
नीति कार्यान्वयनमा आउन सक्ने सम्भावित जोखिम र व्यवस्थापनका उपायहरू।
३.६. अनुगमन, मूल्याङ्कन तथा नीति पुनरावलोकन
नीतिको अनुगमन तथा मूल्यांकन सम्बन्धी व्यवस्था र नीति पुनरावलोकनको प्रबन्ध।
३.७. नीति कार्यान्वयन कार्ययोजना
नीतिमा उल्लेखित कार्यनीतिहरु कार्यन्वयनका लागि संलग्न अनुसूचि बमोजिमको नीति कार्यान्वयन कार्ययोजना।
३.८. खारेजी र बचाउ
जारी गरिएको नीतिले कुनै पुरानो नीति खारेज गर्ने भए सो खारेजी र सो नीति अन्तर्गत भएका कार्यहरूको बचाउ।
अनुसूची
नीति कार्यान्वयन कार्ययोजना
क्र.स. | कार्यनीति बमोजिमका क्रियाकलापहरु | जिम्मेवार निकाय | सहयोगी निकाय | समय सीमा | अपेक्षित उपलब्धि |
१ | |||||
२ | |||||
३ | |||||