शाखा अधिकृत पाठयक्रम

नेपाल सरकारकाे राजपत्रांकित तृतीय श्रेणिकाे पदलाइ शाखा अधिकृत भनिन्छ। निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० अनुरुप शाखा अधिकृत पदकाे परीक्षा लाेक सेवा आयाेगले लिने गर्दछ। लाेक सेवा आयाेग नेपालकाे संविधान धारा २४२ बमाेजिमकाे संवैधानिक आयाेग हाे। शाखा अधिकृत लाइ अंग्रेजीमा Section Officer भनिन्छ।

शाखा अधिकृत पाठयक्रम, लाेक सेवा अायाेग
लाेक सेवा आयाेग द्वारा निर्धारित शाखा अधिकृत पाठयक्रमकाे पथ्रम र द्धितीय चरण परिक्षा याेजना

शाखा अधिकृत पाठयक्रम

राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतकाे पाठ्यक्रम लाेक सेवा आयाेगले निर्धारण गर्ने गर्दछ। वार्षिक कार्यतालिका अन्तर्गत आयाेगले नै यस्काे परिक्षा लिने र परिक्षाफल प्रकाशन गरि स्थायि नियुत्तिकाे सिफारिस गर्दछ।

शाखा अधिकृतकाे पाठ्यक्रम pdf वा jpeg फर्ममा download गर्न तलकाे तालिका प्रयाेग गर्न सक्नुहुन्छ।

क्रं संपत्रविषयपुर्णांकDownload (pdf format)
1प्रथम पत्र / पहिलाे पत्रप्रशासनिक अभिरूची१००डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस
2द्धितीय पत्र / दाश्राे पत्रशासन प्रणाली१००डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस
3तृतीय पत्र / तेश्राे पत्रसमकालिन विषयहरू१००डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस
4चतुर्थ पत्र / चाैथाे पत्रसेवा सम्बन्धि १००डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस
5छनाैट चरणप्रयाेगात्मक परीक्षा तथा अन्तर्वाता७०डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस
शाखा अधिकृत पाठ्यक्रम

नाेटः निजामती सेवाकाे कानून, न्याय तथा सरकारी वकिल सेवा समुहका लागि प्रथम पत्र सम्बन्धि परिक्षा हटाइएकाे छ। तसर्थ साे सेवा समुहका लागि द्धितीय पत्र, तृतीय पत्र र चतुर्थ पत्र क्रमशः पथम, द्धितीय र तृतीय पत्र हुन अाँउछ। उत्त समुहकाे पाठयक्रम प्राप्त गर्न तलकाे लिंकमा जानुहाेस।

पाठयक्रमकाे रूपरेखाः संयुत्त र एकीकृत परीक्षा प्रणाली

लिखित परीक्षाः
प्रथम चरणः प्रशासनिक अभिरूचि परीक्षण पुर्णाकंः १००
द्धितीय चरणः द्धितीय पत्र, तृतीय पत्र र चतुर्थ पत्र काे लिखित परिक्षा पुर्णाकंः ३००

अन्तिम चरणः
सीप परीक्षण, सामुहिक परीक्षण र अन्तर्वाता पुर्णाकंः ७०

शाखा अधिकृत पाठयक्रम, अन्तिम चरण
शाखा अधिकृत पाठयक्रम अन्तिम चरणकाे परिक्षा

शाखा अधिकृत काे याेग्यता

लाेक सेवा द्वारा लिइने राज पत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदका लागि निम्नानुसारकाे याेग्यता आवश्यक पर्दछः

  • शैक्षिक याेग्यताः मान्यता प्राप्त शिक्षण संस्था बाट स्नातक तह (Bachelor) उत्तिर्ण गरेकाे हुनुपर्नेछ।
    कानून, न्याय तथा सरकारी वकिल सेवा समुहका लागि कानून संकायमा स्नातक गरेकाे हुनुपर्नेछ भने अन्य प्राविधक सेवाका लागि साेहि सेवा बमाेजिमकाे शक्षिक याेग्यता अावश्यक पर्दछ।
  • उमेरः २१ वर्ष उमेर पुरा गरि ३५ वर्ष ननाघेकाे हुनुपर्ने छ। (महिलाकाे हकमा ४० वर्ष उमेर ननाघेकाे हुनुपर्नेछ।)
  • अन्य याेग्यताः नेपालकाे प्रचलति कानून बमाेजिम कुनै पनि फाैजदारी अभियाेग प्रमाणित भएकाे हुनुहुने छैन।
    अन्य कुनै पनि कारण बाट भविष्यमा सरकारी सेवाका लागि अयाेग्य हुने गरि वर्खास्ति भाेगेकाे हुनुहुने छैन।

विज्ञापन खुल्ने समयः सामान्यतया लाेक सेवा आयाेगले प्रत्येक वर्ष मंसिर तेश्राे बुधबार शाखा अधिकृत पदकाे विज्ञापन गर्दछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *