• मंसिर ०१/Nov 23: ११ औं राष्ट्रिय कर दिवस मनाइयो।
    • नारा: स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखि अर्थतन्त्रको आधार
    • विं सं २०५८ साल मंसिर ०१ गते नेपालभर मुल्य अभिवृद्धि कर लागु भएको अवसरमा प्रत्येक वर्ष विं सं २०६८ साल देखि मंसिर ०१ गते राष्ट्रिय कर दिवस मनाउदै आएको छ।
  • मंसिर ०२/Nov 24: इजिप्टमा जारि कोप २७ को ‍औपचारिक समापन भएको छ।
    • कोप २७ मा नेपालका तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्रि उमा रेग्मीको नेतृत्वमा नेपाल सहभागि भएको थियो।
  • मंसिर ०४/Nov 21: नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ सम्पन्न केहि ठाँउमा सामान्य विवाद तथा मतदान स्थगितका घटना भए।
  • मंसिर ०५/Nov 22: निर्वाचनको मतपरिणाम आउन थाल्यो देशकै पहिलो सासंद वन मुस्ताङ्ग ०१ बाट नेपालि कांग्रेसका उम्मेद्वार योगेश गौचन थकालि। प्रारम्भिक मतपरिणाममा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको अग्रता नेकपा एमाले दोश्रो स्थानमा रहेको।
  • मंसिर ०९: आठौं राष्ट्रिय उद्योग दिवस भव्यताका साथ मनाइयो।
    • नारा: ‍औद्योगिक लगानी र पुर्वाधार: समृद्धिको बलियो आधार
  • मंसिर ११/Nov 27: दोलखामा विवादित भएको वुथ कब्जाका १० मतदान केन्द्रहरुमा पुन:मतदान गराउने निर्वाचन आयोगको निर्णय।
    • पाँचौं राष्ट्रिय सामाजिक सुरक्षा दिवस मनाइयो।
      • नारा: हाम्रो भविष्य- सामाजिक सुरक्षा: सहकार्य, योगदान र सहभागिता
  • मंसिर १२/Nov 28: दोलखामा वुथ कब्जा भइ विवादित वनेका मतदान केन्द्रहरुमा पुन यहि मंसिर १५ गते मतदान गराउने निर्वाचन आयोगको निर्णय।
  • मंसिर १३/Nov 29: कोप २७ मा नेपालले खेलेको भुमिकाका विषयमा वन तथा वातावरण मन्त्रालयले समिक्षा कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा सो सम्मेलनमा नेपालको नेतृत्व गरेकी मन्त्रि उमा रेग्मीको भुमिकाको चर्चा नभए पछि मन्त्रिले कार्यक्रम वहिष्कार गरेको खबर इकान्तिपुरमा छ।
    • थारु समुदायका लागि ६.६% आरक्षणको व्यवस्था गर्न यस अघि दिइएको अन्तरिम आदेश आज सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
  • मंसिर १५/Dec 01: विश्व एडस दिवस मनाइयो।
    • नारा: Rock the Ribbon
  • मंसिर १८/ Dec 04‍: विश्वकप फुटबल २०२२ अन्तर्गत प्रथम प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले एशियालि राष्ट्र अष्ट्रेलियालाइ २-१ गोलले पराजित गरेको छ।
  • मंसिर २८/Dec 14: निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।
    • आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना अर्थात ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना अर्थात ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना अर्थात ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *