मानव विकास सूचकाङ्क / सुचाङ्क भनेको के हो ?

निश्चित समय अवधिमा मानव विकासकाे सूचकहरूमा प्राप्त भएकाे अंकगणितिय चित्र नै मानव विकास सूचकाङ्क/सुचाङ्क हाे। यसले मानव विकासका विविध पक्षहरूकाे गुणस्तरियता, पर्याप्तता र उपर्युत्तताकाे विषयहरूलाइ समेटदछ।

मानवको जीवनस्तरमा सकारात्मक एवम् गुणात्मक परिवर्तन आउनु मानव विकास हो । मानवको जीवनस्तरमा खासगरी शिक्षा, स्वास्थ्य, तालिम, रोजगारी, पूर्वाधार विकास आदिजस्ता पक्षले परिवर्तन ल्याउँछन् । यिनले मानवमा विकास भएको वा नभएको अवस्था पनि झल्काउँछन् । यी पक्षहरूको पर्याप्तता भएमा मानव विकास हुन्छ, नभए हुँदैन । मानवको जीवनमा परिवर्तन ल्याउन सहयोग गर्ने उपरोक्त पक्षहरूलाई मानव विकास सूचकाङ्क भनिन्छ ।

मानव विकास सूचकाङ्कका ४ आधार

१. शिक्षा: शिक्षाले मानिसमा चेतना वृद्धि गर्दछ । ज्ञान, सीप, अनुभव बढाउँदछ । यसबाट मानव विकास हुन्छ ।
२. स्वास्थ्य: स्वास्थ्यले मानिसलाई दीर्घजीवी बनाउँदछ ।
३. रोजगारी: रोजगारीले आयआर्जन बढाउँदछ । मानिसलाई आत्मनिर्भर बनाउँछ ।
४. पूर्वाधार विकास: सडक, सिँचाइ, सञ्चार, विद्युत् आदिको विकासले मानवजीवनस्तरमा गुणात्मक वृद्धि गर्दछ । सुविधायुक्त काठमाडौँ र पिछडिएको जुम्लाको मानिसको जीवनस्तरमा फरकपन आउनु पनि यही भएर हो ।

यस्का अलावा मानव विकास सुचकाङ्क ले जनसांख्यिकीय लाभ, अवस्थित, गरिब र धनि विचकाे खाडल, सेवा छनाैटकाे उपर्युत्ता लगायत यावत विषयहरू समेटन थालेकाे छ। मानव विकास सुचकाङ्क वितरणमा न्याय कायम गरी सामाजिक न्याय स्थापना गर्ने महत्वपुर्ण सुचकको रुपमा रहिआएको छ। यस्तो सूचाङ्कमा निरन्तर रुपान्तरणकारी वृद्धि गरी सम्पुर्ण वर्ग, क्षेत्र, भूगोल र समुदायको समानान्तर विकास आजको समुन्नत र समृद्ध नेपाल निर्माणको राष्ट्रिय आंकाक्षा पनि हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *