नेपाल भारत सम्बन्ध
दक्षिण एशियाकै ज्येष्ठ मुलुककाे रूपमा रहेकाे नेपाल र व्रिटिस उपनिवेशबाट सन १९४७ मा मुत्त भएकाे भारत विच राम्राे कुटनैतिक सम्बन्ध रहि आएकाे छ। साँस्कृतिक रूपमा समेत हिन्दु वाहुल्य रहेकाे नेपाल भारत सम्बन्ध लाइ विश्व कुटनीतिमा अब्बल छिमेकि सम्बन्धकाे रूपमा चर्चा गरिन्छ यद्यपि इतिहासका पन्नाहरूमा नेपाल भारत सम्बन्धका उतारचढावहरू लिपिबद्ध छन। मुलतः यी दुइ छिमेकि विचकाे सम्बन्ध साँस्कृतिक रूपमा प्रगाढ र राजनैतिक रूपमा सचेततापुर्ण देखिन्छ।
- नेपाल र भारत विच दैत्य सम्बन्ध कायमः सन १९४७ जुन १३
- नेपाल भ्रमण गर्ने पहिलाे भारतिय प्रधानमन्त्रिः जवाहरलाल नेहरू (सन १९५१)
- नेपाल भ्रमण गर्ने पहिलाे भारतिय राष्ट्रपतिः राजेन्द्र प्रसाद (सन १९५६)
- नेपालका लागि पहिलाे भारतीय राजदुतः
- भारतका लागि पहिलाे नेपाली राजदुतः सिंह शमशेर जबरा
भारत सम्बन्धि जानकारी
- भारत विश्व भुगाेलका दृष्टि बाट ७ औ ठुलाे मुलुक हाे भने जनसंख्याका हिसाबले याे विश्वकाे दाेश्राे ठुलाे राष्ट्र हाे।
- भारतकाे क्षेत्रफलः ३२,२८,७२,२६३ वर्ग किमि
- भारतकाे जनसंख्याः १,३२,४१,७१,३५४
- वेलायत बाट भारत स्वतन्त्र भएकाेः सन १९४७ अगस्ट १५
- पहिलाे प्रधानमन्त्रिः जवाहरलाल नेहरू
- पहिलाे राष्ट्रपतिः राजेन्द्र प्रसाद
- राजधानिः नयाँ दिल्ली
- प्रतिव्यत्ति अायः २१३४.७५२ अमेरिकि डलर
- साक्षरता प्रतिशतः ७४.४ प्रतिशत
- भारतमा गणतन्त्र घाेषणाः सन १९५० जनवरी २६
विश्व जनसंख्यामा ठुला १० राष्ट्रहरूः
नेपाल र भारत बिच भएका सन्धि तथा सम्झाैताहरू
शान्ति तथा मैत्रि सन्धि
- सन्धि भएकाे मितिः सन १९५० जुलाइ ३१
- सन्धिमा हस्ताक्षर कर्ताः नेपालबाट प्रधानमन्त्रि माेहन शमशेर र भारतबाट भारतीय राजदुत चन्द्रेश्वर प्रसाद नारायण सिंह
- सन्धिका धारा र शर्त वुदाँहरूः १० धाराहरू
काेशि सम्झाैता
- सन्धि भएकाे मितिः वि.स. २०११ वैशाख १२ (सन १९५४ अप्रिल २५)
- सन्धिमा हस्ताक्षरकर्ताः नेपालका तर्फबाट भुमिसुधार तथा याेजना विकास मन्त्रि महावीर शमशेर जवरा र भारतका तर्फ बाट याेजना मन्त्री गुलजारीलाल नन्दा।
- सन्धिकाे अवधीः १९९ वर्ष
- सन्धिका धारा र शर्त वुदाँहरूः १८ धाराहरू
गण्डक सम्झाैता
- सन्धि भएकाे मितिः विं.स. २०१६ मंसिर १९
- सन्धिमा हस्ताक्षर कर्ताः नेपालका तर्फबाट उपप्रधानमन्त्रि सुवर्ण शमशेर जबरा र भारतबाट भगवान सहाय
- सन्धिका धारा र शर्त वुदाँहरूः
महाकालि सम्झाैता
- सन्धि भएकाे मितिः वि.स. २०५२ माघ २९
- नेपालकाे संसदबाट अनुमाेदनः २०५३ असाेज ४
- सन्धिमा हस्ताक्षर कर्ताः नेपालका तर्फबाट शेरबहादुर देउवा र भारतका तर्फबाट पि.वि नरसिंह राव
- मान्य अवधीः ७५ वर्ष
- सन्धिका धारा र शर्त वुदाँहरूः
नेपाल भारत उर्जा व्यापार सम्झाैता
- सन्धि भएकाे मितिः वि.स. २०७१ कार्तिक ०४
- सन्धिमा हस्ताक्षर कर्ताः नेपालका तर्फबाट राजेन्द्र किशाेर क्षेत्रि र भारतका तर्फ बाट प्रदीप कुमार सिन्हा
- सन्झाैता अवधीः २५ वर्ष
- नविकरण म्यादः प्रत्येक १०-१० वर्षमा
- सन्धिका धारा र शर्त वुदाँहरूः
- नेपाललाइ १९७ मेघावाट विजुली निशुल्क दिने।
नेपाल र भारत बिच विप्पा सम्झाैता BIPPA Agreement
- सन्धि भएकाे मितिः वि.स. २०६८ कार्तिक ०४ (सन २०११ अक्टाेबर २१)
- यस सन्धिमा नेपालका तर्फ बाट उद्याेग मन्त्रि अनिल कुमार झा तथा भारतका तर्फबाट अर्थमन्त्रि प्रणव मुखर्जिले हस्ताक्षर गर्नुभएकाे छ।
- यस सन्धिमा १६ वटा धाराहरू छन।
राेटि बेटिका सम्बन्धकाे चर्चा
नेपाल भारत सम्बन्ध सांस्कृतिक रूपमा समेत वहुअायामिक रहेका कारण यि दुइ देश विचकाे निकटता लागि विश्व कुटनीतिमा जायज मानिन्छ। यस क्रममा नेपाल भारत सम्बन्धकाे पर्यायकाे रूपमा राेटि बेटिका सम्बन्धकाे उपमा समेत पाएकाे छ। भारतीय प्रधानमन्त्रि नरेन्द्र माेदिले नेपाली संसदमा संवाेधन गर्दै नेपाल र भारतकाे सम्बन्ध राेटि वेटिकाे रहेकाे चर्चा गरे।
- भारतीय प्रधानमन्त्रि माेदिले नेपालकाे संसदमा सम्बाेधन गरेकाे मितिः सन १०१४ अगस्ट ०३
नेपाल भारत सम्बन्धमा देखा परेका विवादहरू
नेपाल भारत सीमा विवाद
- नेपाल भारत सीमा विवादकाे रूपमा यहाँकाे OPEN BOARDER लाइ जिम्मेवार ठानिन्छ। नेपाल र भारत विचकाे सीमा विवाद समाधानका लागि दुवै देश प्रयास रत छन यद्यपि सीमा विवादहरूकाे पुर्णत निरूपण हुन सकेकाे छैन।
- नेपाल द्वारा नयाँ नक्सा सार्वजनिकः वि.स. २०७७ ज्येष्ठ ०७ गते
भारत द्वारा नेपालमाथि नाकाबन्दि
- पहिलाे पटकः २०४५ चैत्र ०३
- नेपाली प्रधानमन्त्रिः मरिचमान सिंह
- दाेश्राे पटकः वि.स. २०७२ असाेज ०६ गतेबाट
- नेपाली प्र.मः सुशिल काेइराला
- यस नाकावन्दिकाे सामनाकाे जस भने २०७२ असाेज २४ गते निर्वाचित प्र म केपि शर्मा ओली लाइ जाने गर्दछ।
नेपाल भारत सम्बन्धका सम्बन्धमा द डिप्लाेम्याट पत्रिकाले छापेका फिचरहरू यहाँ उपलब्ध छन।
नेपालकाे राजनैतिक इतिहासमा भारतकाे भुमिका
पाैराणिक मिथकहरूका कतिपय प्रसँगहरूमा हालकाे दक्षिण एशिया समस्त भारत वर्षका नामले परिचित थियाे। यसलाइ खास समयमा अार्य वर्त समेत भनेर चिनिन्थ्याे। किँरातकालिन समयमा भएकाे महाभारतकाे युद्दमा नेपालका शासकहरू समेत सहभागि भएका मिथकहरू छन। प्रथम किँराति राजा यलम्बर नै महाभारतमा उल्लेखित वर्वरिक रहेकाे मिथक रहिअाएकाे छ।
नेपालका गाैतम वुद्धले भारतीय भुमिमा गइ वुद्धत्व प्राप्त गर्नु तथा भारतिय सम्राट अशाेकले नेपालकाे भ्रमण गरि वुद्ध जन्मस्थलमा अशाेक स्तभ निर्माण गरि वुद्धकाे एेतिहासिकता इतिहासमा जीवितै राख्न उल्लेख्य भुमिका निर्वाह गरेका थिए।
भारतमा इस्ट इण्डिया कम्पनीकाे शासन अवधिमा भारतिय स्वतन्त्रता संग्रामका वेला त्यहाँकाे सैनिक विद्राेह दबाउन नेपालका राणा प्रधानमन्त्रि श्री ३ जंग बहादुर राणा स्वयमकाे नेतृत्वमा नेपाली सेनाकाे फाैज भारतीय भुमिमा परिचालित भइ उत्त सैनिक विद्राेह दबाएकाे तथा साे बापत नेपालले नयाँ मुलुक भनेर चिनिने बाँके, वर्दिया, कैलालि र कञ्चनपुर जिल्ला वक्सिसकाे रूपमा व्रिटिस सरकार बाट पाएकाे थियाे।
भारतिय स्वतन्त्रता काे निर्णायक चरणका वेला व्रिटिस सेनामा भर्ना भइ भारतिय भुगाेलमा तैनाथ गाेर्खा सैनिक (THE ROYAL GURKHA RIFLES) लाइ भारत र व्रिटिस सरकारमा बाँढने सम्झाैतामा भए पस्चात नेपालि नागरिककाे नयाँ विदेशि सैनिक पेशा सम्बन्धि गन्तव्यकाे रूपमा भारत स्थापित हुन पुग्याे। याे अवधिमा अाइपुग्दा सम्म नेपाल भारत सम्बन्धमा कुटनैतिक असमझदारीहरू देखा परेका थिएनन।
नेपालमा रहेकाे लामाे समयकाे जहाँनिया राणा शासनकाे विरूद्ध नेपाली राजनितिज्ञहरूले भारतिय भुमिमा बसि नेपाल प्रतिवन्धित रहेकाे राजनैतिक गतिविधिहरू संचालन गरे यसक्रममा नेपालकाे राजनैतिक अान्दाेलनलाइ भारतले समर्थन गरेकाे देखिन्छ। वि.स. २००७ सालमा प्रजातन्त स्थापना गर्दा भएकाे दिल्लि सम्झाैता, वि.स. २०१७ सालकाे राजा महेन्द्रकाे पञ्चायत लागु, वि.स. २०४६ सालमा भएकाे दाेश्राे जनअान्दाेलन तथा संवैधानिक राजतन्त्रकाे स्थापना, वि.स. २०५२ बाट सुरू भएकाे माओवादी जनयुद्ध र सातदल तथा माओवादी विच भएकाे दिल्लि सम्झाैता लगायत नेपालकाे विगत ७० वर्षकाे प्रजातान्त्रिक यात्रामा भारतकाे प्रत्यक्ष पराेक्ष्य संलग्नता रहिअाएकाे छ।
विश्व कुटनीतिमा नेपाल भारत सँग सँगै
नेपाल र भारत विच अन्तराष्ट्रिय फाेरमहरूमा सहकार्य भएका प्रसस्त उदाहरणहरू छन। मुलतः असंलग्न आन्दाेलन (Non-Aligned Movement ) का दुवै देशहरू संस्थापक देश भएकै कारणले पनि अन्तराष्ट्रिय मुद्दाहरूमा नेपाल र भारत विच समान धारणा रहेकाे देखिन्छ। भारतले विश्व कुटनीतिमा लिने चिन विराेधि स्थान भन्दा बाहेका क्षेत्रमा यि दुइ देश विच समान कुटनैतिक समर्थन र सहकार्य रहि आएकाे छ।
संयुत्त राष्ट्र संघकाे शान्ति सेना तथा विभिन्न अन्तराष्ट्रिय संगठनका क्षेत्रिय काेटाहरूमा नेपाल र भारतले निरन्तर सहकार्य गरिरहेका छन। नेपाल एक अल्प विकसित राष्ट्र भएका नाताले समेत भारतले कतिपय अन्तराष्ट्रिय अापतकालिन अवस्थाहरूमा नेपालिहरूलाइ भारतिय नागरिक सरह उद्दार गरेका प्रसस्त उदाहरणहरू भेटिन्छन।