शाखा अधिकृत चतुर्थ पत्र: २०७७
लाेक सेवा तयारीले शाखा अधिकृत सेवा समुह सम्बन्धीः प्रश्नपत्र (शाखा अधिकृत चतुर्थ पत्रकाे प्रश्नपत्र) संकलन गरेकाे छ। प्रशासन सेवा समुह तर्फका परिक्षार्थिलाइ मिति २०७७ पाैष २३ मा साेधिएकाे सेवा समुह सम्बन्धीः प्रश्नपत्र यहाँ प्रस्तुत छ।
लाेक सेवा आयाेगकाे शाखा अधिकृत चतुर्थ पत्र (सेवा समुह सम्बन्धीः प्रश्नपत्र)काे प्रश्नपत्र ( Old is Gold ):
मिति २०७७ पाैष २३ गते
समयः ३ घण्टा
पत्रः चतुर्थ पत्र
पुर्णाङ्कः १००
- निर्णय प्रकृयालाइ परिभाषित गर्नुहाेस। साथै निर्णयकर्ताकाे निर्णय क्षमतालाइ प्रभावित तुल्याउने विभिन्न तत्वहरूकाे बारेमा चर्चा गर्दै विवेकपुर्ण निर्णय गर्दा ध्यान पुर्याउनुपर्ने विषयहरू उल्लेख गर्नुहाेस। २+४+४=१०
- नेपालकाे निजामती प्रशासनमा विद्यमान बढुवा प्रणालीका सकारात्मक र नकारात्मक पक्षकाे विवेचना गर्दै बढुवा प्रणालीलाइ बस्तुनिष्ठ र पुर्वानुमानयाेग्य बनाउन कार्यान्वयनयाेग्य सुझाव प्रस्तुत गर्नुहाेस। १०
- सूचना प्रविधिमा आधारीत स्वचालित प्रशासनयन्त्रकाे स्थापना गर्न के गर्नुपर्ला? नेपालमा सूचना प्रविधिकाे प्रयाेग के कसरी गर्दा सार्वजनिक सेवा प्रवाहमा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ? सुझाव दिनुहाेस। ५+५=१०
- अन्तर सरकारी वित्तिय हस्तान्तरणका सन्दर्भमा उर्द्ध वित्तीय अन्तर र समतलीय वित्तिय अन्तरकाे बारेमा व्याख्या गर्नुहाेस। यि दुइ अन्तरले वित्तीय हस्तान्तरणलाइ कसरी निर्देशित गर्दछन? चर्चा गर्नुहाेस। १०
- बजेट चक्र भन्नाले के बुझ्नुहुन्छ? बजेट प्रणाली अार्थिक अनुशासनकाे महत्वपुर्ण अाधार हाे भन्ने भनाइलाइ पुष्टि गर्ने तर्कहरू प्रस्तुत गर्दै नेपालकाे सार्वजनिक प्रशासनमा बजेट कार्यान्वयनमा देखापर्ने मुख्य मुख्य समस्याहरू उल्लेख गर्नुहाेस। २+४+४=१०
- नेपालकाे सार्वजनिक खरिद व्यवस्थापनमा देखिएका कमि कमजाेरीहरू औल्याइ सुधारका ठाेस उपायहरू प्रस्तुत गर्नुहाेस। ५+५=१०
- सरकारी आर्थिक प्रतिवेदन प्रणालीबारे संक्षेपमा समिक्षा गर्नुहाेस। यसलाइ प्रभावकारी बनाउन के गर्नुपर्ला सुझाव दिनुहाेस। ५+५=१०
- महालेखा परीक्षककाे नियुत्ती , काम, कर्तव्य र अधिकार बारे उल्लेख गर्नुहाेस। साथै महालेखा परीक्षकले औचित्यकाे आधारमा परीक्षण गर्ने विषयबारे संक्षेपमा बर्णन गर्नुहाेस। ५+५=१०
- संसदमा विधेयक पेश हुने र पारीत गर्ने प्रकृयाबारे उल्लेख गर्नुहाेस। ५+५=१०
- संसदीय समितिहरू किन बनाइन्छन? मुलुकमा सुशासन प्रवर्द्धन गर्न संसदीय समितिले खेल्ने भुमिका माथि चर्चा गर्नुहाेस। ४+६=१०