२०८१ माघ महिनाको समसामयिक घटनाक्रम
माघ ०१/ Jan 14 : तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा १० औ राष्ट्रिय योग दिवस मनाइयो।
- राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा: स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता
- राष्ट्रिय योग दिवस नारा: स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग
माघ ०२/ Jan 15 : २७ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइयो।
- नारा: भुकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ
- राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
माघ ०३/ Jan 16 : भारत द्वारा अन्तरिक्षमा दुई नयाँ उपग्रह प्रक्षेपण ।
- इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता भएको छ ।
-
- सम्झौता १९ जनवरीबाट सुरु हुने बताइएको छ । इजरायल र हमासले १५ महिनाको युद्धपछि गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा सहमति जनाएको मध्यस्थकर्ता कतार र अमेरिकाले पनि पुष्टि गरेका छन् ।
माघ ०४/ Jan 17 :
माघ ०६/ Jan 19 : इजरायल हमास युद्ध विराम सम्झौता लागु भएको छ। इजरायलको मन्त्रिपरिषद्ले उक्त सम्झौता अनुमोदन गरे सँगै युद्धविराम लागु भएको हो।
माघ ०७/ Jan 20 : अमेरिकाका ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पद तथा गोपनियताको सपथ ग्रहण लिएका।
माघ ११/ Jan 24 : अन्तराष्ट्रिय शिक्षा दिवस मनाइयो।
- संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो ।
- नारा: AI and education: Preserving human agency in a world of automation.
माघ १२/ Jan 25 : सिद्धबाबा सुरुङ्गमार्ग ब्रेक थ्रु भएको छ।
- लम्बाइ १ हजार १ सय २६ मिटर,
- ०७८ फागुनमा ठेक्का सम्झौता भए पनि सुरुङ खन्ने काम ०८० जेठबाट सुरु गरिएको, सुरुङमार्गभित्र सवारीसाधनमा केही समस्या आइपरे सहजताका लागि र तत्काल उद्धार गर्न १५१ मिटरको पहिलो, १६१ मिटरको दोस्रो र १३० मिटर दूरीको तेस्रो बाइपास सुरुङ निर्माण गरिएको
- पाल्पाको तिनाउ गाउँपालिका–३, स्थित दोभानमा रहेको उक्त सुरुङमार्गको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भर्चुअल’ सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको
- सुरुङमार्ग निर्माणको ठेक्का ०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ५ वर्षभित्र सम्पन्न सक्ने गरी लिएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । – eKantipur
माघ १३/ Jan 26:
- ७१औं विश्व कुष्ठरोग दिवस मनाइयो।
- नारा: Beat Leprosy, End Stigma, and Advocate for Mental Well-Being.
- कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो
- ७३ औँ अन्तराष्ट्रिय भन्सार दिवस मनाइयो।
- नारा: Customs Delivering on its Commitment to Efficiency, Security and Prosperity
- World Customs Day is celebrated on January 26th each year. It’s a day to recognize the role of customs in global trade and cooperation. The day also highlights the efforts of customs to support businesses and people
माघ १५/ Jan 28: ५६ औं नेपाल नर्सिङ्ग दिवस मनाइयो।
- नारा: “स्वास्थ्य सुरक्षाको फैलाउँदै ज्ञान, पहिलो पंक्तिमा उभिई सेवा दिने हाम्रो पहिचान”
- वि.सं २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको।
- नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ – रातोपाटी
- प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ ।
- वि.स. २०१२ सालदेखि देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष १६ माघमा सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
- स्वतन्त्रताको माग गर्दा वि.स. १९९७ माघ १० मा शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचली, १३ माघमा धर्मभक्त माथेमालाई सिफल र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
- नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ। त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद-शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ। त्यसैगरी नेपालमा जिउँदो सहिद भनेर टंक प्रसाद आचार्यलाई चिनिन्छ ।
- पछिल्लो समय जथाभावी विभिन्न पहिचानका आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ। तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन ।
- कसलाई सहिद भन्ने र कसलाई नभन्ने भन्नेमा विवाद आउन थालेपछि सरकारले २०६२÷६३ सालको जनआन्दोलनपछि त्यसलाई व्यवस्थित गर्न दुई आयोग बनायो। तर त्यसको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन भएको छैन। सरकारले नवराज सुवेदी र मोदनाथ प्रश्रितको संयोजकत्वमा सहिदको मापदण्ड बनाउन फरक फरक दुई आयोग बनाएको थियो ।
माघ २०/ Feb 02: विश्व सिमसार दिवस मनाइयो।
- नारा: Protecting Wetlands for Our Common Future हाम्रो साझा भविष्यको रक्षार्थ सिमसार क्षेत्रहरु
- राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
67th Grammy Awards Announced.
- Album of the Year 2025: Cowboy Carter of Beyoncé Giselle Knowles-Carter
- Record of the Year 2025: NOT LIKE US by Kendrick Lamar
- Song of the Year 2025: NOT LIKE US by Kendrick Lamar
माघ २२/ Feb 04: विश्व क्यान्सर दिवस मनाइयो।
- नारा: United by Unique