२०८१ पौषको समसामयिक घटनाक्रम

लोकसेवा आयोग तयारीले प्रत्येक महिनाको समसामयिक घटनाक्रमहरुको प्रस्तुतीकरण गर्ने गरेको छ। २०८१ साल पौष महिनाको समसामयिक घटनाक्रम तपशिल बमोजिम छ।

२०८१ साल पौष महिनाको समसामयिक घटनाक्रम

पौष ०३/ Dec 18: अन्तराष्ट्रिय आप्रवासी दिवस मनाइयो।

  • नारा: “सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार”
  • अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ (World Migration Report, 2024) अनुसार विश्वभरि अनुमानित २८.१ करोड मानिसहरु आप्रवासीको रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकहरुको संख्या १६.९ करोड रहेको छ। आप्रवासीहरूको हकहित सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्र संघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० मा पारित गरी सन् २००३ जुलाई १ देखि लागू गरेको छ। अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ। संयुक्त राष्ट्र संघले आप्रवासका चुनौती र अवसरहरुकाबारेमा चेतना जगाउन र सहकार्यको लागि यो दिवस मनाउने गर्छ।
  • अन्तराष्ट्रिय आप्रवासी दिवसका सन्दर्भमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय आह्वान समेत गरेको छ।

    समसामयिक घटनाक्रम को प्रतिकात्मक चित्र
    समसामयिक घटनाक्रम

पौष ०४/ Dec 19: नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कमा हस्ताक्षर:

  • नेपाल सरकारका तर्फबाट  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र  कोरिया सरकारका तर्फबाट उनका समकक्षी इन्क्यो चोङको सहभागितामा नेपाल-कोरिया व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कमा हस्ताक्षर भएको हो। – अन्नपुर्ण पोष्ट 

जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश:

  • सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार सार्वजनिक भएको हो । संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरीत रहेकोले हटाउन माग गर्दै आरणले सर्वोच्चमा रिट दायर गरेका थिए ।

पौष ०५/ Dec 20: भारतीय स्थलसेना अध्यक्षलाई मानार्थ प्रधानसेनापति सम्मान प्रदान गरिएको छ। प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हे।क्वा।को भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

पौष ०६/ Dec 21: पहिलो विश्व ध्यान दिवस मनाइयो।

  • नारा: विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति
  • International Theme: Meditation for Global Peace and Harmony
  • २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।

पौष ०७/ Dec 22: प्रधानमन्त्री केपि शर्मा ओली र स्टारलिङ्कका मालिक अमेरिकी नागरिक एलन मस्क बीच भिडियो संवाद भएको छ।

पौष ०८/ Dec 23: राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

पौष ०९/ Dec 24: पोखरामा अन्तराष्ट्रिय बेलुन महोत्सव सुरु – महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।

  • काठमाडौ बाट नयाँदिल्लिका लागि उडान भरेको एयर इन्डियाको जहाज अपहरण भएको २५ वर्ष पुगेको छ।२५ पहिले काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको चालक दलसहित १९० यात्रु सवार इन्डियन एअरलाइन्सको विमान ‘आतङ्कवादी अपहरण’को सिकार बनेको थियो।

पौष ११/ Dec 26:  भारतीय पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ।

पौष १२/ Dec 27: अजरवैजानमा हवाइजहाज दुर्घटना हुदाँ ३७ जनाको निधन भएको छ भने २४ जना भन्दा बढि यात्रुहरुको सकुसल उद्दार गरिएको छ।

  • Azerbaijan Airlines issued a statement saying the crash was the result of “physical and technical external interference.” – NPR News

पौष १३/ Dec 28: अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रसियाले माफि मागेको छ। युक्रेनको ड्रोनहरु आइरहेको समयमा रसियाको एयर डिफेन्स सिस्टम एक्टिभ रहदाँ उक्त दुर्घटना भएको हुदाँ म माफि माग्न चाहान्छु राष्ट्रपित पुटिन द्वारा अजरबैजानका राष्ट्रपतिलाई फोन मार्फत माफि मागिएको हो।

पौष १४/ Dec 29: दक्षिण कोरियामा जेजु एयरलाइन्सको विमान दुर्घटना हुदाँ १७९ जना यात्रुहरुको मृत्यु भएको छ भने २ जना क्रु मेम्बरको सकुसल उद्दार गरिएको छ।

पौष १५/ Dec 30: सुगा वर्षको बिदाइ, सर्प वर्षको स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’।

Add a Comment

Your email address will not be published. Required fields are marked *