शुन्य दरमा VAT लाग्ने वस्तु तथा सेवा
नेपालमा शुन्य दरमा VAT(मूल्य अभिवृद्धि कर) लाग्ने वस्तु तथा सेवाहरू का सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन २०५२ काे दफा ०५ र अनुसुची ०२ मा व्यवस्था गरिएकाे छ।
विक्रि करकाे सुधारिएकाे कर प्रणालीकाे रूपमा नेपालमा मूल्य अभिवृद्धि कर प्रणालीकाे अवलम्बन गरिएकाे छ। नेपालमा मूल्य अभिवृद्धि कर राष्ट्रिय राजश्वकाे मेरूदण्डकाे रूपमा स्थापित भएकाे छ।
मु.अ.कर ऐन २०५२ बमाेजिम नेपालमा शुन्य दरमा VAT लाग्ने वस्तु तथा सेवाहरू
साविकमा १० प्रतिशत बाट लाग्न सुरू गरेकाे मू.अ कर हाल नेपालमा १३ प्रतिशतका दरले लाग्दै अाएकाे छ। मूल्य अभिवृद्धि कर ऐन २०५२ बमाेजिम नेपालमा शुन्य दरमा मूल्य अभिवृद्धि कर (VAT) लाग्ने वस्तु तथा सेवाहरू निम्नानुसार छन।
- नेपाल बाहिर निर्यात गरिने वा गरेकाे वस्तु,
- नेपाल बाहिर गन्तव्य भएकाे र अन्तराष्ट्रीय उडानमा राखिएकाे वस्तु,
- नेपाल बाहिरकाे व्यत्तिलाइ आपुर्ती हुने सेवा,
- नेपाल सरकार परराष्ट्र मन्त्रालयकाे सिफारिसमा कुटनीतिक सुविधा प्राप्त व्यत्ति वा नियाेगले तथा महशुल सुविधा प्राप्त कुटनीतिक नियाेगमा कार्यरत व्यत्तिले पैठारी गर्ने वस्तु तथा सेवा,
- साबिककाे कूनै सन्धि वा सम्झाैता मुताबिक पैठारी गर्दा लाग्ने विक्रि कर छुट प्रदान गरिएकाे भए सम्बन्धित आयाेजनाकाे सिफारिसमा ति सन्धि वा सम्झाैता बहाल रहेसम्म दर्ता भएका करदाता सँग स्थानीय खरिद गरेमा त्यस्ताे अापुर्तिमा,
- प्रचलित ऐन कानून बमाेजिम स्थापना भइ विशेष अार्थिक क्षेत्रमा सञ्चालनमा रहेका उद्याेगलाइ विक्रि गरिने कच्चा पदार्थ तथा उत्पादित सामाग्रिमा,
- स्वादेशी उद्याेगबाट उत्पादन हुने विद्युतीय सवारीमा प्रयाेग हुने डिप साइकल लिड एसिड व्याट्रीहरू,
- स्वदेशि उद्याेगबाट उत्पादन हुने र अापुर्ति गरिने साैर्य शत्तिबाट उर्जा उत्पादन गर्ने संयन्त्र तथा उपकरणमा प्रयाेग हुने व्याट्री,
- अपाङ्गता भएका व्यत्तिले प्रयाेग गर्ने स्कुटर,
- घरेलु तथा साना उद्यमीहरूले स्वदेशमा उत्पादन गर्ने मुर्तिकला, वास्तुकला र हस्तकलाका सामान र साेका कच्चा पदार्थ,
- जलविद्युत आयाेजनामा आवश्यक पर्ने मेशिनरी औजार, तिनका पार्टपुर्जा र अन्य सामाग्रिहरू
नेपालमा शुन्य दरमा VAT लाग्ने वस्तु तथा सेवाहरूकाे व्यवस्थाले नेपालकाे आन्तरिक उद्याेग र उत्पादनलाइ संरक्षण गर्नुका साथै नेपालकाे तत्कालिन आवश्यकताका वस्तु तथा सेवाकाे प्रवर्द्धन गर्न मद्दत गरेकाे छ। नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरूकाे सम्बन्धमा समेत स्पष्ट कानूनी प्रावधान रहेकाे छ।