समसामयिक घटनाहरूकाे सुचीः
- २०७८ सालः
- २०७७ सालः
२०७८ भाद्र महिनाकाे राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामयिक घटनाहरुकाे क्रमबद्ध संकलन लाेक सेवा तयारीले गरेकाे छ । लाेक सेवा आयाेग, शिक्षक सेवा आयाेग तथा अन्य प्रतिष्पर्धि परीक्षाका निमित्त याे सामाग्रि सहयाेगि सिद्ध हुने विश्वास हामिले लिएका छाै।
- भाद्र ०१ / August 17: सरकार द्वारा राजनैतिक दल विभाजन सम्बन्धि अध्यादेश जारि गर्न राष्ट्रपति समक्ष शिफारिस । चालु संसद अधिवेशन श्रावण ३२ गते नै अन्त्य गरिएकाे घाेषणा ।
- नेकपा एमाले ले आफ्ना १४ जना सांसदलाइ संसदीय दलकाे सदस्यबाट निस्कासित गरेकाे छ ।
- भाद्र ०२ / August 18 : वाग्मति प्रदेशकाे मुख्यमन्त्रिमा अष्टलक्ष्मी शाक्य नियुत्त हुनुभएकाे छ। शाक्य नेपालकाे पहिलाे महिला मुख्यमन्त्रि बन्नुभएकाे हाे ।
- एमालेका वरिष्ठ नेता माधवकुमार नेपालकाे नेतृत्वमा नेकपा एमाले समाजवादि दल दर्ताका लागि निवेदन पेश
- भाद्र ०३ / August 19: निर्वाचन आयाेगले एमाले नाम राख्न नदिने भएपछि माधव नेपाल नेतृत्वकाे दलकाे नाम नेकपा एकिकृत समाजवादी राखिने निर्णय ।
- राष्ट्रिय सूचना दिवस मनाइयाे ।
- नारा: सूचना नागरिककाे माैलिक अधिकार: बसालाै सूचना माग्ने र दिने संस्कार
- सूचनाकाे हक सम्बन्धि ऐन २०६४ लागु भएकाे दिनकाे सम्झनामा मनाइने गरेकाे। उत्त ऐन २०६४ साउन ५ गते प्रमाणीकरण भइ २०६४ भाद्र ३ गते लागु भएकाे ।
- याे १५ औ राष्ट्रिय सूचना दिवस हाे ।
- राष्ट्रिय सूचना दिवस मनाइयाे ।
- भाद्र ०४ / August 20:
- भाद्र ०५ / August 21:
- भाद्र ०६ / August 22: जनै पुर्णिमा / रक्षा बन्दन तथा संस्कृत दिवस मनाइयाे ।
- भाद्र ०७ / August 23: गाइजात्रा मनाइयाे । सरकारद्वारा देशभर रहेका नेवार समुदाय तथा काठमाडाै उपत्यकामा सार्वजनिक विदा प्रदान गरेकाे छ ।