लाेक सेवा अायाेग द्वारा सोधिएकाे समसामयिक विषयकाे प्रश्नपत्र मिति २०७३/१२/२७

राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समुह, शाखा अधिकृत वा साे सरहक पदकाे द्धितीय चरणकाे प्रतियाेगितात्मक लिखित परिक्षा मितिः २०७३/१२/२७

विषयः समसामयिक विषय (Contemporary Issues)

समयः ३ घण्टा

पत्रः तृतीय

पूर्णाङ्कः १००

निम्न लिखित प्रश्नहरूकाे उत्तर छुट्टा छुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ, अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ।

  1. ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, संरक्षणकाे महत्व र अावश्यकता बारे अाफ्नाे विचार प्रस्तुत गर्नुहाेस। १०
  2. विद्युतीय अपराध भन्नाले के बुझिन्छ? याे नियन्त्रण गर्न कस्ता उपायहरू अवलम्वन गर्न सकिन्छ? १०
  3. नेपाली समाजमा विद्यमान अार्थिक सामाजिक असमानता र सीमान्तिकरणबारे विश्लेषण गर्दै यसले सृजना गरेकाे द्वन्दहरूकाे पहिचान गरी समस्या समाधान गर्न के गर्नुपर्ला? (३+३+४=१०)

  4. अार्थिक वृद्धि र अार्थिक विकास बीचकाे फरक बताउदै नेपालले हालसम्म साेचे अनुसारकाे विकासका लक्षयहरू प्राप्त गर्न नसक्नुका कारण बारे अाफ्नाे तर्क प्रस्तुत गर्नुहाेस। (५+५=१०)
  5. सहकारीकाे अाधारभुत सिद्धान्तहरू के हुन? अार्थिक विकासमा सहकारी क्षेत्रकाे भुमिका बारे विवेचना गर्नुहाेस। (३+७=१०)

  6. पुर्वाधार विकासले देशकाे अार्थिक वृद्धि एवम विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेकाे हुन्छ। विकासशील देशमा पुर्वाधार विकासमा देखिएका प्रमुख चुनाैतिबारे उल्लेख गर्नुहाेस। (५+५=१०)
  7. देशकाे विकासमा सरकारी, निजी एवम गैरसरकारी क्षेत्रका विचमा अापसी साझेदारी र सहकार्य प्रवद्धनका उपाय वताउनुहाेस। (५+५=१०)
  8. जनता केन्द्रित विकास प्रक्रियामा स्थानीय स्वायत्त शासनकाे भुमिका उल्लेख गर्नुहाेस। १०

  9. जैविक विविधता भन्नाले के बुझिन्छ? यसकाे फाइदा उल्लेख गर्नुहाेस । नेपालमा जैविक विविधताकाे कसरी संरक्षण गर्न सकिन्छ? (३+३+४=१०)
  10. वातावरण मैत्रि विकास काे अवधारणा स्पष्ट गर्नुहाेस। वातावरण मैत्री विकास प्रवर्धनमा देखिएका प्रमुख चुनाैती र समाधान गर्ने उपाय बताउनुहाेस। (५+५=१०)
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *