२०७८ श्रावण महिनाकाे समसामयिक घटनाहरु

लाेक सेवा तयारीले प्रत्येक महिनाकाे समसामयिक घटनाहरुकाे संकलन गर्ने गर्दछ । २०७८ श्रावण महिनाकाे समसामयिक घटनाहरु तथा विभिन्न महिना तथा वर्षका राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरूकाे नियमित संकलनकाे लागि तलकाे तालिका प्रयाेग गर्न सक्नुहुन्छ ।

समसामयिक घटनाहरूकाे सुचीः

  • श्रावण ०१ / July 16 नेपाली सेनाकाे नयाँ सांगठनिक संरचना कार्यान्वयनमा ल्याएकाे छ ।
    • याँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्डको व्यवस्था लागू गरिएको । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काडमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा कमान्ड लागू गरिएको  छ ।
    • राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच २०८७ लाई आधार मानेर सङ्गठनको पुुनःसंरचना गरिएको ।
  • श्रावण ०३ / July 18 : प्रधानमन्त्रि शेर बहादुर देउवालाइ विश्वासकाे मत प्राप्त भएकाे छ । आज संसदमा भएकाे मतदानमा प्रधानमन्त्रिलाइ कूल १६५ मत सहित विश्वासकाे मत प्राप्त भएकाे हाे ।
    • शेर बहादुर देउवा असार २९ गते नेपालकाे प्रधानमन्त्रिकाे रुपमा पाँचाै पटक सर्वाेच्च अदालतकाे आदेशबाट नियुत्त हुनुभएकाे थियाे ।
    • प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको । साउन ३ मा प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा १६५ मत, विपक्षमा ८३ र तटस्थ मत एक रहेको ।
  • श्रावण ०६ / July 21 : वरिष्ठ कलाकार उत्तम नेपालीकाे निधन ।
  • श्रावण १२ / July 27: याेजना आयाेगकाे उपाध्यक्ष पदमा डा‍‌ विश्व पाैडेल नियुक्त हुनुभएकाे छ ।
  • श्रावण १३ / July 28: सिन्लुलिगढी युद्ध संग्राहलयकाे उद्घाटन भएकाे छ ।
    • नेपाल–अङ्गरेज युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको हाे ।
    • नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहास रहेको छ ।
    • ल्याटिन अमेरिकि देश पेरूकाे राष्ट्रपतिमा पेद्राे कास्टिलाे नियुत्त भएका छन।
  • श्रावण १४ / July 29: दक्षिण एशियाकै पहिलाे सुरुङ्ग मार्ग चुरेमाइ सुरुङ्गमार्ग काे पुन निर्माणकाे उद्घाटन भएकाे छ ।
    • सो सुरुङमार्ग वि.सं. १९७४ मा निर्माण भएको थियो ।
    • सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापा हुनुहुन्थ्याे ।
    • साढे दुई मिटर चौडा र तीन मिटर उचाइको सो सुरुङमार्गको लम्बाइ ५०० मिटर छ ।
    • World Tiger Day 2021
      • Theme: Their Survival is in our Hands
  • श्रावण १५ / July 30: International Friendship Day
    • नारा “Sharing the human spirit through friendship”
    • History: The first World Friendship Day was celebrated on 30th July 1958 in the North American state ‘Paraguay’, by an international civil organization named World Friendship Crusade.
  • श्रावण १७ / August 01: आरक्षणलाई जातिय नभइ वर्गिय र आवश्यकताका आधारमा लक्षित वर्ग केन्द्रित गर्नुपर्ने सर्बोच्च अदालतकाे फैसला
  • श्रावण १९ / August 03: नेपाली राष्ट्रिय कृकेट टाेलीका पुर्व कप्तान पारस खड्का बाट अन्तराष्ट्रिय खेल जीवन बाट संन्यासकाे घाेषणा ।
    • सरकार द्वारा भुमिसम्बन्धि समस्या समाधान अायाेग खारेज गरिदिएकाे छ । यस अायाेगका अध्यक्ष देवि ज्ञवालि हुनुहुन्थ्याे ।
      • केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए। २०७७ माघ १५ देखि जिल्लामा समेत उक्त आयोग गठन गरिएको थियो।
      • भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को आधारमा उक्त आयोग गठन गरिएको थियो। 
      • शिक्षक सेवा आयाेगकाे अध्यक्षमा माधुप्रशाद रेग्मी नियुत्त ।
  • श्रावण २३ / August 07 : नेपालमा आजबाट नेपाल मास्क अभियान सूरु भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट नेपाल मास्क अभियान सुरु गरेकाे हाे ।
    • नाराः ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’
    • याे अभियान श्रावण २३ गते देखि सूरू भएर श्रावण २९ गते सम्म सञ्चालन हुनेछ ।
    • म जिम्मेवार नागरिक ह्यान्सट्यागकाे प्रयाेग गरि याे अभियान सञ्चालन हुनेछ ।
    • टाेकियाे ओलम्पिक २०२० काे पुरुष फुटबलकाे उपाधि ब्राजिलले जितेकाे छ । स्पेनलाइ १ का विरुद्ध २ गाेलले पराजित गर्दै ब्राजिलले उपाधि जितेकाे हाे ।
    • SEE परिक्षाका परीक्षाफल प्रकाशित भएकाे छ ।
  • श्रावण २४ / August 08 : सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेकाे छ । देउवा सरकारकाे साझा न्युनतम कार्यक्रमकाे पुर्ण पाठ यहाँ उपलब्ध छ ।
    • बाग्मति प्रदेश द्वारा खेलकुद विकास परिषद गठन
    • टाेकियाे ‌‍ओलम्पिक २०२० काे समापन भएकाे छ ।
      • अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य गरी कूल ११३ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य पदक सहित दाेश्राे स्थानमा रहेकाे छ ।
      • नेपालले यस ओलम्पिक का चार खेलका पाँच खेलाडिले सहभागिता जनाएका छन । नेपाल उपाधि विहिन रहनपुग्याे ।
      • नेपाल बाट पौडीमा गौरिका सिंह र एलेक्जेन्डर साह, सुटिङकी कल्पना परियार, एथ्लेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले सहभागिता जनाएका थिए ।
      • नेपालबाट पौडीका गौरिका र एलेक्स सँगै सुटिङकी कल्पनाले आफ्नै कीर्तिमान सुधार गरि ओलम्पिक सहभागितालाइ सुखद तुल्याएका छन् ।
      • आगामि ओलम्पिक २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्स को पेरिसमा हुने तय भएकाे छ । 
टाेकियाे ‌‍ओलम्पिक २०२०
टाेकियाे ‌‍ओलम्पिक २०२० समापन समाराेह
  • श्रावण २५ / August 09 : काठमाडाैमा सम्पन्न हुने इपिएल क्रिकेटकाे ट्रफि सार्वजनिक भएकाे छ । मुख्य प्रायाेजनक बजाज पल्सर ।
    • अन्तराष्ट्रिय आदिवासी दिवस मनाइयाे ।
      • संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो ।
      • याे २७औं विश्व आदिवासी दिवस हाे ।
      • नारा: Leaving no one behind: Indigenous peoples and the call for a new social contract
      • सरकारद्वारा नेपाल विद्युत प्राधिकरणकाे निर्देशकमा कुलमान घिसिङ्गलाइ नियुत्त ।
    • सामुदायिक वन दिवस २०७८ मनाइयाे ।
      • नाराः सामुदायिक वनको सम्पत्ति: समृद्धि, संस्कृति र प्रकृति
      • वि. सं. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानिय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष साउन २५ गते सामुदायिक वन दिवस मनाउन थालिएको हो ।
    • राष्ट्रिय खाेप सप्ताह सुरु – साउन २५ देखी ३२ सम्म
    • १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा गरिने निर्णय भएकाे छ ।
  • श्रावण २६ / August 10 : अर्थमन्त्रि जनार्दन शर्मा प्रभाकरले नेपालकाे अर्थतन्त्र सम्बन्त्रि स्वेतपत्र सार्वजनिक गर्नुभएकाे छ ।
    • विपक्षि दलका नेता केपि शर्मा ओलिद्वारा पुनस्थापित प्रतिनिधि सभामा पहिलाे पटक सम्बाेधन ।
    • लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिए ।
  • श्रावण २८ / August 12 : २२ औ अन्तराष्ट्रिय युवा दिवस मनाइयाे ।
    • नारा: Transforming Food Systems: Youth Innovation for Human and Planetary Health
      • सन् १९९८ मा पोर्चुगलमा भएको सम्मेलनले अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो ।
      • सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्र संधले मान्यता दिएपछि सन् २००० देखि विश्वव्यापी रुपमा यो दिवस मनाउँदै आइएको छ ।
      • नेपालमा अन्तराष्ट्रिय युवा दिवस २००४ देखि मनाउदै आइएको छ ।
      • नेपालमा “युवा निति २०७२” कार्यन्वयनमा रहेको छ ।
    • लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएकाे छ । नयाँ मुख्यमन्त्रिमा कुलप्रसाद केसि नियुत्त हुनुभएकाे हाे ।
    • नयाँ फिफा वरियता सार्वजनिक नेपाल १६८ अाै स्थानमा उक्लियाे ।
      • नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ ।
      • नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८ औँ स्थानमा छ भने भूटान १८७ औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८ औँ स्थानमा रहँदा श्रीलङ्का २०५ औँ स्थानमा छ ।
      • बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।  
  • श्रावण २९ / August 13 : नाग पञ्चमि मनाइदैः नागकाे पुजा गरि नागकाे चित्र मुल ढाेकामा टाँस्ने प्रचलन रहिअाएकाे छ।
    • मन्त्रः अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षक: ।
      कुलिर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।।
    • नाग पञ्चमिमा विशेषत अाठ नागहरूकाे पुजा गरिन्छ ।
    • राष्ट्र वैंक द्वारा माैद्रीक नीति सार्वजनिक
    • State of the Kamala River Basin सम्झाैता सम्पन्न ।
      • नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्था बीच सम्झौता भएको हो ।
      • नेपाल सरकारको तर्फ बाट जल तथा उर्जा आयोग सचिवालयका सचिव माणिराम गेलाल र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फलिसिटि बोल्क ले हस्ताक्षर गरेका हुन् ।
  • श्रावण ३० / August 14 :
  • श्रावण ३१ / August 15 : तालिबान विद्राेही द्वारा अफगान राष्ट्रपति भवन कब्जा। २० वर्ष पछि अफगानस्थानमाा तालिवानी शासन सुरू।
  • श्रावण ३२ / August 16 : प्रदेश नं २ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुत्त गर्ने सरकारकाे निर्णय यस अघिका प्रदेश प्रमुख डा. अहिराज पदमुत्त ।
    • विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *