राजपत्राङ्कित तृतीय श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा समुह, शाखा अधिकृत वा साे सरह पदकाे द्धितीय चरणकाे प्रतियाेगितात्मक लिखित परीक्षाकाे प्रश्नपत्र (Old is Gold)
मितिः २०७३/१२/२६
विषयः शासन प्रणाली (Governance Systems)
समयः ३ घण्टा
पत्रः द्धितीय
पुर्णाङ्कः १००
- नेपालकाे राष्ट्रिय सुरक्षा व्यवस्थापनकाे परिचय दिनुहाेस। राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका समसामयिक सवालहरूकाे विवेचना गर्दै नेपालले अवलम्बन गर्नुपर्ने भावि रणनीतिबारे चर्चा गर्नुहाेस। (३+३+४=१०)
- राष्ट्र र राज्यबारे नेपालकाे संविधानले गरेकाे व्यवस्था उल्लेख गर्दै राष्ट्र निर्माण र राज्य निर्माणकाे अवधारणा बारेमा चर्चा गर्नुहाेस। १०
- नेपालकाे कार्यपालिकाकाे गठन विधि उल्लेख गर्दै कार्यपालिकाकाे विधायीकी वित्तिय भुमिकाबारे स्पष्ट गर्नुहाेस। (४+३+३=१०)
- नागरिक अधिकार र नागरिक जिम्मेवारीकाे सम्वन्धमा नेपालकाे संविधानले के कस्ताे व्यवस्था गरेकाे छ? नागरिक अधिकार र नागरिक जिम्मेवारीकाे पुर्ण प्रयाेगकाे लागि अावश्यक नागरिक चेतनाकाे अभिवृद्धि कसरी गर्न सकिन्छ? १०
- सकारात्मक विभेद भन्नाले के वुझिन्छ? सकारात्मक विभेदकाे पक्ष र विपक्षमा चर्चा गर्नुहाेस।(५+५=१०)
- सार्वजनीक नीतिकाे परिभाषा गर्नुहाेस र नेपालमा सार्वजनिक नीति कार्यान्वयन प्रक्रियामा रहेका समस्या र समाधानका उपायहरू उल्लेख गर्नुहाेस। (२+४+४=१०)
- विद्युतीय शासन भन्नाले के वुझ्नुहुन्छ? विद्युतीय शासनलाइ प्रभावकारी बनाउन के गर्नुपर्ला? सुझाव दिनुहाेस। १०
- सार्वजनिक व्यवस्थापनका सन्दर्भमा सदाचारिताकाे महत्वमाथि प्रकाश पार्नुहाेस। नेपालकाे सार्वजनिक प्रशासनमा सदाचारिता सुनिश्चित गर्न के कस्ता सुधारहरू अावश्यक ठान्नुहुन्छ? अाफ्नाे धारणा प्रस्तुत गर्नुहाेस। (४+६=१०)
- सहस्राव्दी विकास लक्ष्यका सन्दर्भमा नेपालले हासिल गरेकाे प्रगतिकाे समिक्षा गर्दै चाैधाै याेजनाकाे साेच, लक्ष्य र उद्देश्य प्राप्त गर्न अघि सारिएका प्रमुख रणनीतिहरू अाैल्याउँनुहाेस। (५+५=१०)
- सामाजिक उत्तरदायित्व के हाे? सार्वजनीक वित्तीय व्यवस्थापनमा सामाजिक उत्तरदायित्वकाे के के महत्व छ? विश्लेषण गर्नुहाेस। १०