राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समुह, शाखा अधिकृत वा साे सरहक पदकाे द्धितीय चरणकाे प्रतियाेगितात्मक लिखित परिक्षा मितिः २०७३/१२/२७
विषयः समसामयिक विषय (Contemporary Issues)
समयः ३ घण्टा
पत्रः तृतीय
पूर्णाङ्कः १००
निम्न लिखित प्रश्नहरूकाे उत्तर छुट्टा छुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ, अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ।
- ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, संरक्षणकाे महत्व र अावश्यकता बारे अाफ्नाे विचार प्रस्तुत गर्नुहाेस। १०
- विद्युतीय अपराध भन्नाले के बुझिन्छ? याे नियन्त्रण गर्न कस्ता उपायहरू अवलम्वन गर्न सकिन्छ? १०
- नेपाली समाजमा विद्यमान आर्थिक सामाजिक असमानता र सीमान्तिकरणबारे विश्लेषण गर्दै यसले सृजना गरेकाे द्वन्दहरूकाे पहिचान गरी समस्या समाधान गर्न के गर्नुपर्ला? (३+३+४=१०)
- आर्थिक वृद्धि र अार्थिक विकास बीचकाे फरक बताउदै नेपालले हालसम्म साेचे अनुसारकाे विकासका लक्षयहरू प्राप्त गर्न नसक्नुका कारण बारे अाफ्नाे तर्क प्रस्तुत गर्नुहाेस। (५+५=१०)
- सहकारीकाे आधारभुत सिद्धान्तहरू के हुन? अार्थिक विकासमा सहकारी क्षेत्रकाे भुमिका बारे विवेचना गर्नुहाेस। (३+७=१०)
- पुर्वाधार विकासले देशकाे आर्थिक वृद्धि एवम विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेकाे हुन्छ। विकासशील देशमा पुर्वाधार विकासमा देखिएका प्रमुख चुनाैतिबारे उल्लेख गर्नुहाेस। (५+५=१०)
- देशकाे विकासमा सरकारी, निजी एवम गैरसरकारी क्षेत्रका विचमा अापसी साझेदारी र सहकार्य प्रवद्धनका उपाय वताउनुहाेस। (५+५=१०)
- जनता केन्द्रित विकास प्रक्रियामा स्थानीय स्वायत्त शासनकाे भुमिका उल्लेख गर्नुहाेस। १०
- जैविक विविधता भन्नाले के बुझिन्छ? यसकाे फाइदा उल्लेख गर्नुहाेस । नेपालमा जैविक विविधताकाे कसरी संरक्षण गर्न सकिन्छ? (३+३+४=१०)
- वातावरण मैत्रि विकास काे अवधारणा स्पष्ट गर्नुहाेस। वातावरण मैत्री विकास प्रवर्धनमा देखिएका प्रमुख चुनाैती र समाधान गर्ने उपाय बताउनुहाेस। (५+५=१०)