शाखा अधिकृत तृतीय पत्र २०७१ सालकाे प्रश्नपत्र

लाेक सेवा आयाेग द्वारा लिइएकाे शाखा अधिकृत तृतीय पत्र / तेश्राे पत्रः समसामयिक मामिलाहरूकाे प्रश्नपत्र लाेक सेवा तयारीले संकलन गरेकाे छ। याे प्रश्न पत्रकाे सर्वाधिकार लाेक सेवा आयाेग सँग सुरक्षित छ। लाेक सेवा द्वारा साेधिएका अन्य पुराना प्रश्नपत्रहरूका लागि पुराना प्रश्नपत्रहरू, Old is Gold तथा प्रश्नपत्र खण्डमा जानुहाेला। लाेक सेवा तयारीले संकलन गरेका यस्ता प्रश्नपत्र तपाँइले pdf format मा समेत उपलब्ध छन। एकिकृत रूपमा सम्बन्धित विषयकाे पश्नपत्र समेत Download गर्न सक्ने सुविधा लाेकसेवा तयारीले प्रदान गर्दै आएकाे छ।

शाखा अधिकृतः समसामयिक विषयकाे प्रश्नपत्र २०७१

विषयःसमसामयिक मामिलाहरू
पदःशाखा अधिकृत
श्रेणीःराजपत्र अनंकित तृतीय श्रेणी
पुर्णाकंः१००
समयः३ घण्टा
सालः२०७१
परिक्षा मितिः२०७१ चैत्र २७
Download:pdf, world, jpeg

  1. द्धन्द्धको परिभाष गर्दै नेपालको समामाजिक र सांस्कृतिक रुपान्तरण गर्न के कस्तो व्यवस्थाको आवश्यकता रहेको छ । आफ्नो धारण प्रस्तुत गर्नुहोस् ।
  2. नेपालमा सामाजिक न्याय र समानताको लागि राज्यबाट अवलम्बन गरिएका नीती र कार्यक्रमहरुको विवेचना गर्नूहोस् ।
  3. विगत जनगणनाको तुलनामा २०६८ को जनगणनामा जनसंख्या बृद्धिदर कम हुनका कारणहरु उल्लेख गर्नुहोस र जनसंख्या बृद्धिबाट अर्थतन्त्रमा पर्ने प्रभावबारे विवेचना गर्नुहोस् ।
  4. मुलुकको समग्र आर्थिक विकासको लागि तीन खम्बे आर्थिक नीति (सरकारी, निजी र सहकारी) कत्तिको प्रभावकारी हुने ठान्नुहुन्छ ? विवेचना गर्नुहोस् ।
  5. नेपालमा वैदेशिक सहायताको महत्वबारे प्रकाश पार्दै वैदेशिक सहायतालाई प्रभावकारी रुपमा परिचलन गर्न के कस्ता उपायहरु अवल्म्बन गर्नुपर्ला ? उल्लेख गर्नुहोस् ।
  6. दिगो विकासको अवधारणा उल्लेख गर्दै नेपालको दिगो विकासका प्रमुख व्यवधानहरु उल्लेख गर्नुहोस् ।
  7. आजको विश्वमा विकासका सर्वसम्बन्धित तथा समसामयिक विषय के –के हुन् ? तपाईको विश्लेषणमा यी विषयहरुको प्रभावकारी संयोजन गर्नका लागि नेपालको वर्तमान आवधिक योजनाको दस्तावेजमा कसरी आत्मसाथ तथा मुलप्रवाहीकरण गरिएको पाउनुभएको छ ?
  8. नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक सांस्कृतिक परम्परा, समाजिक मुल्य र मान्याताले पुर्याएको नकरात्मक र सकारात्मक भुमिकाको चर्चा गर्नहोस् ।
  9. नेपालमा वन विनाश हुनाका कारणहरु उल्लेख गर्दै त्यसबाट परेका असरहरुको विवेचना गर्नुहोस् ।
  10. जलस्रोत धनि देश भएर पनि नेपालमा उर्जा सङ्कटहुनका कारणहरु के –के हुन ? साथै सो सङ्टबाट मुक्ति पाउन के गर्नुपर्दछ उल्लेख गर्नुहोस् ।