वासलात भनेकाे के हाे?

कुनै निकायकाे सम्पत्ति, दायित्व, पुँजी, खर्च तथा वचत लगायत समग्र आर्थिक अवस्थाकाे वस्तुपरक जानकारी दिन तयार गरिने वित्तीय विवरणलाई वासलात भनिन्छ । यो प्रत्येक अार्थिक वर्षको अन्त्यमा नाफा नोक्सान खाता तयार बनाएपछि बनाइने एक कानुनी मान्यताप्राप्त वित्तिय विवरण हो । यो व्यवसाय वा संस्थाको कार्य प्रगति विवरण पनि हो । यसबाट सम्बन्धित निकायकाे कार्यसम्पादन मूल्याङ्कन गर्न सकिन्छ । यसले सेयरधनी लगानीकर्ता, प्रबन्धकर्ता, साहु, कर्मचारी, कर्मचारी ट्रेड युनियन, सरकार तथा अन्य सरोकारवाला तथा सम्बद्ध सवै पक्ष लाई आवश्यक पर्ने सूचना प्रदान गर्छ ।

वासलात काे नमुना
वासलातकाे नमुना

कर लगाउने प्रयोजनका लागि वासलात (Balance Sheet) एक महत्वपुर्ण दस्तावेज हो, त्यसैले कर कार्यालयको कर अधिकृतको नजर सर्वप्रथम व्यवसायको वासलातमा पर्ने गर्छ । आर्थिक वर्षको अन्तिम दिन तयार गरिने यस विवरणको दायाँतर्फ सम्पत्ति र बायाँतर्फ दायित्व देखाउनुपर्छ । यी दुई पक्ष बराबर हुन्छन् । यो खाता नभई, आर्थिक स्थितिको विवरणपत्र भएकाले यसमा डेबिट र क्रेडिट पक्ष हुँदैनन् ।

वासलात तयार गर्नुकाे उद्देश्य

  • सम्बन्धित निकायकाे सम्पत्तिको स्थिति, प्रकृति र अवस्थाको अवगत गराउनु,
  • सम्बन्धित निकायकाे दायित्वको अवस्था प्रस्ट खुलाउनु,
  • व्यवसाय वा संस्थाको पुँजी, लगानी, नाफा नोक्सानको यथार्थ अवस्था देखाउनु,
  • सम्बन्धित निकायकाे तरलताको जाँच गर्नु,
  • व्यवसाय वा संस्थाको भविष्य मूल्याङ्कनका लागि आधार प्रदान गर्नु,
  • साहु तथा आसामीको स्थिति जानकारी गराउनु,
  • व्यवसाय वा संस्था खारेज, बिक्री वा निरन्तरताका लागि आवश्यक पर्ने सूचना उपलब्ध गराउनु,
  • सम्बन्धित निकायमा लगानीसम्बन्धी निर्णय गर्न सहयोग गर्नु,

Add a Comment

Your email address will not be published. Required fields are marked *