लाेक सेवा आयोग तयारी लाइ सघाउने केही प्रकाशनहरूः

प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता हासिल गर्न भिन्न, वैज्ञानिक र व्यवस्थित तयारी गर्न अावश्यक हुन्छ। लाेक सेवा आयोग तयारी का लागी बजारका पाठयक्रममा अाधारीत पुस्तकका अलावा विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक र अन्य रिपाेर्टहरू उत्तिकै अावश्यक हुन्छ। हामिले लाेक सेवा अायाेगकाे लिखित परिक्षाकाे तयारीका लागि र समग्र अायाेग परिक्षालाइ सहयाेग गर्ने अत्यन्तै महत्वपुर्ण केहि अध्ययन सामाग्रिहरूकाे सुचि तयार पारेका छाै।

१. साेपान मासिकः

साेपान मासिक - लाेक सेवा तयारीलाइ सघाउने प्रशासनिक पत्रिका

नेपालकाे क वर्गकाे पहिलाे प्रशासनिक पत्रिका हाे साेपान मासिक। याे विं सं साल देखि लगातार रूपमा प्रकाशन भइरहेकाे छ। प्रत्येक वर्ष साेपान मासिकले अाफ्नाे विशेषांकहरू पनि छाप्ने गरेकाेछ । निक्कै गहकिलाे, अनुसन्धात्मक र लाेक सेवा परीक्षाका लागि बहुउपयाेगि हुने कन्टेन्ट हरू साेपान मासिकका माैलिक विशेषताहरू हुन।

प्रशासन प्रत्रिका - लाेक सेवा तयारी

२. प्रशासन

प्रशासनिक गतिविधि तथा व्यवस्थापक हरूका नवित चिन्तन सहितकाे सार्वजनिक प्रशासन सम्बन्धि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गर्ने पत्रिकाकाे नाम हाे प्रशासन। यस्ले देशभरका प्रशासनिक गतिविधिका अनुकरणिय कार्यलाइ उजागर मात्र गर्ने हाेइनकि विश्व प्रशासनका नविन गतिविधि र मान्यताहरूकाे सन्दर्भमा नेपालकाे सान्दर्भिकतालाइ समेत उत्तिकै मात्रामा जाेडिरहेकाे हुन्छ।

सार्वजनिक प्रशासनका उच्चतम अभ्यासहरूकाे जानकारी लिन र विश्व प्रशासनमा देखिएका विषयवस्तुहरूलाइ अान्तरिकीकरणका सन्दर्भमा देखिने यावत विषयहरू यस्ले मुख्य रूपमा समेटद्छ।

३. निजामती सेवा पत्रिका

लाेक सेवा अायाेग द्वारा प्रकाशित निजामति सेवा पत्रिका
निजामती सेवा पत्रिकाकाे २०७७ असारकाे अंक

विं सं २०३६ साल देखि अविरल रूपमा लाेकसेवा अायाेगले प्रकाशन गरिरहेकाे लाेक सेवा पाठयक्रममा अाधारीत विद्वत लेखहरूकाे संगालाे हाे निजामति सेवा पत्रिका यस्ले लाेक सेवा अायाेग तयारी गरिरहेका सह सचिव, उप सचिव र शाखा अधिकृत हरूलाइ उच्चतम लाभ प्रदान गर्न सक्छ भने राज पत्राङ्कित श्रेणिका लागि विषयवस्तुकाे बुझाइमा प्रस्टता ल्याँउन याे पत्रिका निक्कै लाभदायक छ।

४. नेपाल परिचय

नेपाल परिचय पुस्तक
नेपाल परिचय अाठाै परिमार्जित संस्करण


सूचना तथा प्रसारण विभाग द्वारा प्रकाशन हुने नेपाल परिचय हाल ८ अाै परिमार्जित संस्करणमा प्रकाशित भएकाे छ। नेपालकाे नयाँ राजनैतिक नक्सा र यस सम्बन्धित तथ्यहरू समेत समावेश गरि नेपाल सरकारकाे अाधिकारिक निकायद्वारा प्रकाशन गरिएकाे नेपाल परिचय पुस्तक लाेक सेवा आयोग तयारी मा रहनुभएका विद्यार्थिका लागि प्रथम पत्र तयारी का निमित्त बहु उपयाेगि सावित हुन सक्छ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *