लाेकसेवा तयारी लाइ सघाउने महत्वपुर्ण किताबहरू

नेपालकाे संघ र प्रदेशका लाेक सेवा अायाेग तयारीका लागि आयोगकाे पाठयक्रममा अाधारित लाेकसेवा तयारी लाइ सघाउने महत्वपुर्ण किताबहरू हामिले संकलन गरेका छाै। बजारमा उपलब्ध पाठयपुस्तक तिनिहरूकाे पछिल्लाे संस्करण र विद्यार्थिहरूकाे छनाैटका अाधारमा हामिले याे सुचि निर्माण गरेका हाै।

नेपालकाे लाेकसेवा अायाेग तयारीलाइ महत्वपुर्ण रूपमा याेगदान दिइरहेका तथा अाम प्रशिक्षक र विद्यार्थिहरूकाे रूचिमा रहेका विभिन्न पाठ्यपुस्तक हरूकाे विवरण लाेक सेवा तयारीले तयार पारेकाे छ।

नेपालकाे संघीय लाेक सेवा अायाेग, प्रदेश लाेक सेवा अायाेग तयारीलाइ सघाउने विभिन्न महत्वपुर्ण वेवसाइटहरू इन्टरनेटमा उपलब्ध छन। हामिले लाेकसेवा तयारीलाइ सहयाेग गर्ने विभिन्न महत्वपुर्ण १० वेवसाइटहरूकाे सुची यस अघिनै प्रकाशन गरिसकेका छाै।

प्रशासनिक अभिरूचि परीक्षण लाइ सहयाेग गर्ने महत्वपुर्ण किताबहरू

प्रशासनिक परिक्षण लाेक सेवा अायाेगकाे प्रथम चरणकाे परिक्षामा लिइने परिक्षणकाे विधि हाे। यस अन्तर्गत विद्यार्थिमा रहेकाे सामान्य ज्ञान (सामान्य सचेतना), Aptitude Test(IQ) र English Test लिने गरिन्छ।

लाेकसेवा तयारी लाइ सघाउने महत्वपुर्ण किताबहरू

सामान्य ज्ञानका लागि महत्वपुर्ण पुस्तक र लेखक

  1. शाखा अधिकृत परीक्षा बुटी – तुल खड्का
    • जे.बि. पब्लिकेशन द्वारा प्रकाशित तुल खड्काकाे याे पुस्तक पछिल्लाे समय परिक्षार्थिहरूले रूचाएकाे पुस्तक मध्धे एक हाे। याे पुस्तकमा लाेकसेवा अायाेग द्वारा प्रथम पत्रकाे लागि अावश्यक सामान्य सचेतना, वाैद्धिक परिक्षण (IQ) तथा English Test का लागि अावश्यक सामाग्रिहरू पाउन सकिन्छ। यद्यपि याे पुस्तक शाखा अधिकृतकाे वाैद्धिक परिक्षण र English Paper का उपर्युत्त छैन। सामान्य सचेतना (GK) का लागि भने याे पुस्तकले तपाइलाइ धेरै राम्राे सहयाेग गर्न सक्छ।
  2. शाखा अधिकृत ज्ञानकुञ्ज – मित्र प्रसाद घिमिरे
    • इन्सपार्स पब्लिकेसन द्वारा प्रकाशित मित्र प्रसाद घिमिरे र अन्य लेखकहरू द्वारा तयार पारिएकाे याे पुस्तक शाखा अधिकृत तयारीमा रहनु भएका अाम विद्यार्थिहरूका लागि महत्वपुर्ण पाठयपुस्तक हाे। याे पुस्तक प्रथम पत्रकाे तिन वटै खण्डका लागि वस्तुत तयार पारिएकाे भएपनि सामान्य सचेतनाका लागि नै ज्यादा महत्वपुर्ण छ। याे पुस्तकले वाैद्धिक परिक्षण र अंग्रेजी टेस्टका लागि थाेरै मात्र सहयाेग गर्न सक्छ भने सामान्य सचेतनाका लागि अब्बल रहेकाे पाइन्छ।
  3. परीक्षा दिग्दर्शन – ज्ञानेश्वर भट्टराइ
    • अाशिष बुक्स द्वारा प्रकाशित नेपालका सर्वाधिक रूचाइएका सामान्य ज्ञानका संकलक ज्ञानेश्वर भट्टराइकाे पुस्तक परिक्षा दिग्दर्शन सामान्य सचेतना खण्डका निमित्त निक्कै उपयाेगि रहेकाे छ। लेखक भट्टराइ अाफैमा एक Encyclopedia रहेकाे प्रस्ट अनुभुति किताबमा देखिन्छ। सरल र गहन अध्ययनका लागि परीक्षा दिग्दर्शन उपयाेगि मानिन्छ।

वाैद्धिक परीक्षणका लागि महत्वपुर्ण पुस्तक र लेखक

Verbal & Non-Verbal Reasoning - R S AGRAWAL
Verbal & Non-Verbal Reasoning – R S AGRAWAL
  1. Verbal & Non-Verbal Reasoning – R S AGRAWAL
    • SCHAND Publication द्वारा प्रकाशित गरिएकाे भारतिय लेखक R S AGRAWAL काे किताब लाेक सेवा अायाेगकाे वाैद्धिक परीक्षणका लागि सवैभन्दा विशिष्ट पुस्तक हाे। यसैका अाधारमा अन्य किताबहरू र प्रश्नहरू तयार हुँदै अाएकाे देखिन्छ। तथापि याे पुस्तक धेरै ठुलाे र गहन भएका कारण लाेक सेवा अायाेगकाे सटिक तयारीका लागि उपर्युत्त मानिदैन यद्यपि याे पुस्तक नै दक्षिण एशियामा सरकारी सेवा तयारीका निमित्त प्रमुख रूपमा रिकमन्ड गरिएकाे र सर्वाधि विक्रि हुने पुस्तक हाे।
  2. Logical Reasoning – Madan Khadka
    • प्रशिक्षक मदन खड्काकाे शाखा अधिकृत तथा तथा नायव सुब्बा तथा खरिदार का लागि उपर्युत हुने वाैद्धिक परिक्षण सम्बन्धि पुस्तक प्रकाशित भएकाे छ। नयाँ किसिमका नविनतम शिर्षक तथा प्रश्नहरू समावेश भएकाे याे पुस्तक पछिल्लाे समय विद्यार्थिहरू माझ चर्चाकाे केन्द्रमा छ।
  3. वाैद्धिक परिक्षण IQ – प्रेम बाेहरा
    • मकालु पब्लिकेशन द्वारा प्रकाशित प्रशिक्षक प्रेम बाेहराकाे बाैद्धिक परीक्षण पुस्तक लाेक सेवा अायाेगका सम्पुर्ण परिक्षाहरूकाे एप्टिट्युड टेष्टका लागि उपयाेगि सामाग्रि रहेकाे छ।

English Test का लागि महत्वपुर्ण पुस्तक र लेखक

  1. English made simple – Naren Prasai
    • गुडलक पब्लिकेशन द्वारा प्रकाशित प्रशिक्षक नरेन प्रसाइकाे पुस्तक इन्ङलिस मेड सिम्पल शाखा अधिकृत तथा अन्य लाेकसेवा अायाेग द्वारा लिइने प्रतिस्पर्धात्मक परिक्षाकाे अंग्रेजि टेस्टका लागि उपर्युत्त मानिन्छ। याे पुस्तक अन्य पुस्तक प्रकाशनहरू बाट समेत प्रकाशित भएकाे पाइन्छ।
  2. A Practice Guide TO Officer’s English – Naresh Timilsina
    • अाशिष बुक्स हाउस द्वारा प्रकाशित प्रशिक्षक नरेश तिमिल्सिनाकाे पुस्तक शाखा अधिकृत प्रथम पत्र काे अंग्रेजी तयारीका लागि सवैभन्दा उपर्युत्त छनाैट हुन सक्छ। प्रशिक्षक स्वयं शाखा अधिकृतकाे अंग्रेजी प्रशिक्षणमा लामाे समयदेखि कार्यरत रहेका कारण पनि याे पुस्तक उपर्युत्त रहन सक्ने अाधार रहेकाे छ।
A Practice Guide TO Officer's English - Naresh Timilsina
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *