चैत्र ०९ गतेबाट सुरू भएकाे राष्ट्रिय गैंडा गणना कार्य चैत्र २८ गते नतिजा सार्वजनिक गरे सँगै समापन भएकाे छ। प्रत्यक्ष निरिक्षण विधिमा अाधारित भइ पर्सा राष्ट्रिय निकुञ्ज प्रतापपुर बाट सुरू भएकाे राष्ट्रिय गैडा गणना २०७७ सम्पन्न भएकाे हाे। यस अघि सन २०१५ मा गैडा गणना गरिएकाे तथा सन २०२० मा गणना गर्ने कार्यतालिका रहेकाेमा प्रतिकुल अवस्थाका कारण गैडा गणना स्थगित भएकाे थियाे।

राष्ट्रिय गैंडा गणना सम्बन्धि तथ्यहरू
- राष्ट्रिय गैडा गणना प्रारम्भः २०७७ चैत्र ०९
- प्रारम्भ स्थानः पर्सा राष्ट्रिय निकुञ्ज,पर्सा प्रतापपुर
- उद्घाटनः वन मन्त्रि प्रेम बहादुर अाले द्वारा सिटि फुकेर उद्घाटन गर्नुभएकाे
- नेपालमा रहेका कुल गैडा संख्याः ७५२ वटा
- सन २०१५ मा रहेकाे गैडा काे संख्याः ६४५ वटा
- गैडा गणना अवधिः प्रत्येक ५/५ वर्षमा
- गैंडा गणनामा संलग्न निकायः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभाग
राष्ट्रिय निकुञ्ज | गैंडा संख्या |
---|---|
चितवन राष्ट्रिय निकुञ्ज | ६९४ |
वर्दिया राष्ट्रिय निकुञ्ज | ३८ |
शुक्लाँफाटा राष्ट्रिय निकुञ्ज | १७ |
पर्सा राष्ट्रिय निकुञ्ज | ०३ |
कुल गैंडा | ७५२ |
लाेकसेवा तयारीका लागि अावश्यक अन्य समसामयिक घटनाहरूका लागि यहाँ जानुहाेस ।