प्रत्यक्ष्य दायित्व सिर्जना नहुने गरी राज्यले प्राप्त गर्ने कर र गैरकर अायकाे समष्टिलाइ राजश्व भनिन्छ। राजश्वकाे अवधारणा र सिद्धान्तका विषयमा विभिन्न मतहरू छन। प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु वा बुझाउनुपर्ने भन्सार महशुल, अन्तशल्क, आयकर, मूल्य अभिबृद्धि कर, मनाेरञ्जन कर, हाेटल कर, सवारी साधन कर, घर बहाल कर, ठेक्का कर, घर जग्गा कर, रजिष्ट्रशन दस्तुर, सम्पत्ति कर तथा प्रचलित कानून बमोजिम लाग्ने अन्य कर तथा गैरकर लाई राजस्व भनिन्छ । नेपालकाे सन्दर्भमा राजश्वलाइ भ्रष्टाचार निवारण एेन २०५९ र राजश्व चुहावट(अनुशन्धान तथा नियन्त्रण) एेन, २०५२ ले परिभाषित गरेकाे छ ।
सरकारलाइ सार्वजनिक ऋण र वैदेशिक सहायता भन्दा बाहेक प्राप्त हुने सबै किसिमकाे अाम्दानी लाइ राजश्व भनिन्छ। राजश्व कर र गैर कर गरि दुइ किसिमकाे हुन्छ। कर राजश्वलाइ पनि प्रत्यक्ष कर र अप्रत्यक्ष कर गरी दुइ किसिममा विभत्त गर्न सकिन्छ।
राज्यलाइ अाफ्नाे शासकिय गतिविधि संचालन गर्न, सेवा प्रवाह गर्न, विकास निर्माण गर्न, अान्तरिक र बाह्य सुरक्षा गर्न र सार्वभाैमिक परिचय विश्व समुदायमा बाँड्न राजश्वकाे अावश्यकता पर्दछ । राज्य र सरकारकाे उत्पति सँगै राजश्व प्रणालीकाे सुरूवात भएकाे मानिन्छ।
Revenue: the income that a government or company receives regularly
Cambridge Dictionary
Table of Contents
राजश्वकाे अवधारणा र सिद्धान्त
राजश्वकाे अवधारणा र सिद्धान्त बुझ्न सर्वप्रथम राजश्व के हाे? र राजश्वका स्राेतहरू के हुन त्यस विषयमा चर्चा गराैः
राजश्व के हाे?
- राज्यकाे अधिकार युत्त माैद्रिक अाम्दानी हाे ।
- नागरीक,व्यत्ति वा संस्थाकाे अनिवार्य अार्थिक दायित्व हाे।
- राज्य संचालनकाे अाधार हाे।
- सार्वभाैमसत्ताकाे प्रमाण हाे।
- सरकारकाे एकाधिकारकाे विषय हाे।
- सार्वजनिक खर्चकाे अाधार स्राेत हाे ।
- राष्ट्रिय अर्थतन्त्रकाे मुटु (प्राण) हाे ।
राजश्व लाइ कर राजश्व र गैर कर राजश्व गरि दुइ प्रकारमा वर्गिकरण गर्ने गरिन्छः
CONTRIBUTE HERE:
तपाँइका लेख, संकलित पाठ्यसामाग्रि तथा अन्ययन समाग्रिहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस ।
SEND NOW
गैर कर राजश्वका स्राेतहरूः
- सेवा शुल्क, महसुल र दस्तुर,
- दण्ड जरिवाना र जफत,
- सरकारी सम्पत्ति र वस्तु तथा सेवाकाे विक्रिबाट प्राप्त अाय,
- लाभांश,
- व्याज र साँवा फिर्ता,
- राेयल्टि,
- दान,दातव्य,चन्दा वा उपहारका रूपमा सरकारलाइ प्राप्त हुने अाय।
The taxpayer: that’s someone who works for the federal government, but doesn’t have to take a civil service examination.
Ronald Reagan
राजश्वका सिद्धान्तहरू
नेपालमा राजश्व व्यवस्थापन सम्बन्धि भएका व्यवस्थाः
(क) संवैधानिक व्यवस्थाः
- धारा २५ः सम्पत्तिकाे हक अन्तर्गत राज्यले व्यत्तिगत सम्पत्तिमा कर लगाउन सक्ने व्यवस्था
- संघ प्रदेश र स्थानीय तह द्वारा कानुन बमाेजिम बाहेक कर लगाउन नपाइने व्यवस्था (धारा ११५,२०३ र २२८)
- संघ, प्रदेश र स्थानीय तहका सबै प्रकारका राजश्व तत्त निकायका संञ्चित काेषमा अाम्दानि बाँधिने व्यवस्था छ ।
- संघीय इकाइहरूकाे अार्थिक कार्यप्रणालीकाे निर्धारण र जनप्रतिनिधि बाट अनुमाेदन गराएर मात्र सार्वजनिक अाय र व्यय गर्नु पर्ने कार्यविधि निर्दिष्ट ।
- नेपाल सरकारले संकलन गरेकाे राजश्व संघ, प्रदेश र स्थानीय तहलाइ न्यायाेचित वितरण गरिने व्यवस्था (धारा ६०)
(ख) कानूनी व्यवस्थाः
- अार्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एेन २०७६
- अन्तर सरकारी वित्त व्यवस्थापन एेन २०७४
- अार्थिक कार्यविधि नियमावलि २०६४
- अाय कर एेन २०५८, नियमावली २०५९
- भन्सार एेन २०६४ र नियमावली २०६४
- अन्तः शुल्क एेन २०५८ र नियमावली २०५९
- मुल्य अभिवृद्धि कर एेन २०५२ र नियमावली २०५३
- राजश्व न्याधिकरण एेन २०३१
(ख) संस्थागत व्यवस्थाः
- अर्थ मन्त्रालय,
- अान्तरिक राजश्व विभाग र मातहतका कार्यालय
- भन्सार विभाग र भन्सार कार्यालयहरू
- महालेखा नियन्त्रक र काेष तथा लेखा नियन्त्रक कार्यालयहरू
- महालेखा परीक्षककाे कार्यालय
- अख्तियार दुरूपयाेग अनुसन्धान अायाेग
- संघीय संसद
- राजश्व न्यायधिकरण
- प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्रालय
- स्थानिय तहहरू
प्रश्नः राजश्वकाे अवधारणा र सिद्धान्तका विषयमा उल्लेख गर्दै नेपालकाे राजश्वका संभावनाहरू बारे चर्चा गर्नुहाेस।
External Links:
- राजश्व भनेकाे के हाे ? /Nepal Tax Online
- राजस्व परामर्श समितिको प्रतिवेदन २०७४ अर्थ मन्त्रालय
- नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ अर्थ मन्त्रालय
- माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाज्यूबाट संघीय संसदमा आर्थिक वर्ष २०७७।७८ को बजेट वक्तव्य अर्थ मन्त्रालय
- आर्थिक सर्वेक्षण २०७६/७७
- राजश्व सम्बन्धि विषयमा प्रश्नाेत्तर – लाेकसेवा गाइड
- राजश्व परामर्श समितिकाे प्रतिवेदन अर्थ मन्त्रालय
- राजश्वकाे अवधारणा र सिद्धान्त मा अाधारित अन्य लेखहरू
Good