मूल्य अभिवृद्धि कर(VAT) र नेपालकाे प्रयाेग

मूल्य अभिवृद्धि कर(VAT) र नेपालकाे प्रयाेग

मूल्य अभिवृद्धि कर

वस्तु तथा सेवाकाे काराेबारकाे प्रत्येक चरणमा हुने मुल्य वृद्धिमा लाग्ने कर नै मूल्य अभिवृद्धि कर हाे। नेपालमा VAT काे व्यवस्थापनका लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ जारी भएकाे छ। यस्काे कार्यान्वयनका लागि मूल्य अभिवृद्धि कर नियमावली २०५३ र नियमावली २०७६ जारी भएका छन।

ताेकिएका वस्तू तथा सेवाकाे उत्पादन वा पैठारी देखी उपभाेग सम्मका प्रत्येक चरणमा हुने मूल्य वृद्धिमा लाग्ने अप्रत्यक्ष कर नै मुल्य अभिवृद्धि कर हाे । याे परम्परागत विक्रि करकाे सुधारिएकाे स्वरूप हाे। याे कर कच्चा पदार्थकाे खरिद तथा विक्रिका क्रममा पनि अशुल हुन्छ।

मूल्य अभिवृद्धि कर भनेकाे के हाे?

  • खरिद विक्रिका विभिन्न चरणमा लाग्ने कर,
  • वस्तु तथा सेवाकाे उत्पादन,पैठारी र उपभाेग सम्मका प्रत्येक चरणमा लाग्ने कर,
  • अप्रत्यक्ष कर
  • प्रत्येक मूल्य वृद्धिमा लाग्ने कर
  • विक्रि करकाे सुधारिएकाे स्वरूप
  • उपभाेगमा अाधारित
  • विक्रेता बाट क्रेतामा सर्दै अन्तिममा उपभाेत्ता बाट असुल हुने कर नै मूल्य अभिवृद्धि कर हाे ।

मू.अ. कर ले विस्थापित गरेका ४ करहरूः

CHES Tax

  • ठेक्का कर (Contract Tax)
  • हाेटल कर (Hotel Tax)
  • मनाेरञ्जन कर (Entertainment Tax) र
  • विक्रि कर (Sales Tax)

VAT का उद्धेश्यहरू

  • राज्यकाे कराधारकाे दायरा विस्तार गर्ने
  • कर सहभागितामा व्यापक वृद्धि गर्ने
  • राजस्व संकलन गरी लगानि याेग्य रकमकाे प्रबन्ध गर्ने
  • कर प्रणालीकाे सुदृढीकरण गरी छरिताे, लचकदार,पारदर्शि र अन्तराष्ट्रिय स्तरकाे बनाउने
  • कर लाइ उपभाेगमा अाधारित तुल्याउने
  • निर्यात व्यापारलाइ प्रबर्धन गर्ने
  • कर छली र चुहावट नियन्त्रण गर्ने
  • तिर्न सक्ने बाट बढि कर असुल गर्ने (उपभाेगमा अाधारित भएर)
  • अान्तरिक उद्याेग र उत्पादनकाे संरक्षण गर्ने
  • प्रत्यक्ष करका कारण उत्पन्न हुन सक्ने सरकार प्रतिकाे असन्ताेष सिर्जना हुन नदिने

भ्याटका सिद्धान्तहरू

विश्वमा भ्याटकाे व्यापक प्रचलन सँगै देशकाे अाफ्नाे अर्थतन्त्रकाे अवस्थाका अाधारमा मु.अ.कर का सम्बन्धमा उत्पादनकाे र गन्तव्यकाे सिद्धान्तमा अाधारित भइ कर लगाउने र निर्धारण गर्ने गरिएकाे छ।

उत्पादनकाे सिद्धान्तः

वस्तु तथा सेवा उत्पादन भएकाे मुलुकमा नै मूल्य अभिवृद्धि कर लगाउनु पर्दछ भन्ने मान्यता नै उत्पादनकाे सिद्धान्त हाे। यसले अान्तरिक उपभाेग हुने र निर्यात गरिने दुवै किसिमका वस्तु तथा सेवाहरूमा उत्पादन विन्दुमा नै कर संकलन गरिनुपर्दछ भन्ने मान्यता राख्दछ। यस सिद्धान्तले अायातित वस्तुमा कर थाेपर्नु नहुने कुरामा जाेड दिन्छ। मुलतः निर्यात व्यापारमा ठुलाे हिस्सा अाेगटने र व्यापक व्यापार नाफामा भएका देशहरूले याे सिद्धान्त अवलम्बन गर्न प्रयास गरेका छन।

गन्तव्यकाे सिद्धान्तः

उपभाेगमा अाधारित अर्थतन्त्र भएका मुलुकहरू जाे व्यापार घाटाकाे सिकार बनिरहेका छन उनिहरूकाे हितलाइ मध्यनजर गर्दै वस्तु तथा सेवा जहाँ सुकै उत्पादन भए पनि उपभाेग हुने अवस्थामा कर संकलन गर्नु पर्दछ भन्ने मान्यता विकसित भयाे याे नै गन्तव्यकाे सिद्धान्त हाे । याे सिद्धान्तले निर्यात गर्दा कर छुट दिने र घरेलु बजारमा अान्तरिक उत्पादनकाे संरक्षण गर्ने कार्य गर्दछ। नेपाल लगायत विश्वका अधिकांश मुलुकले गन्तव्यकाे सिद्धान्तमा अाधारित मु.क.कर अवलम्बन गरेका छन।

नेपालमा मूल्य अभिवृद्धि कर

मूल्य अभिवृद्धि कर भनेकाे के हाे?

सन १९१९ मा जर्मननिका डा. विल्हेम साइमन्स द्वारा प्रतिपादन गरिएकाे मुल्य अभिवृद्धि करकाे मान्यतालाइ सन १९५४ मा फ्रान्सबाट कार्यन्वयनमा ल्याइयाे। तत्त पश्चात पश्चिम जर्मनि तथा युराेपेलि मुलुक हुदै पश्चिमा देशहरूले VAT अवलम्बन गरे। हाल विश्वका विभिन्न १८० देशहरूले याे कर लाइ अवलम्बन गरेका छन । अाधुनिक कर प्रणालीमा VAT लाइ सबैभन्दा वैज्ञानिक कर मानिन्छ। दक्षिण एशियामा सर्वप्रथम पाकिस्तानले याे कर प्रणाली अवलम्बन गरेकाे थियाे भने नेपाल सार्कमा VAT अवलम्बन गर्ने दाेश्राे मुलुक हाे।

  • नेपालमा वि.स. २०४९ सालमा कर प्रणालीमा सुधारका लागि मूल्य अभिवृद्धि करकाे अवधारणा प्रस्तुत भयाे,
  • २०५२ सालमा मूल्य अभिवृद्धि कर एेन र २०५३ सालमा नियमावली जारी गरियाे,
  • २०५४ साल मंसिर ०१ (यसै दिनकाे संझनामा मंसिर ०१ मा कर दिवस मनाइन्छ) देखि व्यवहारिक रूपमा नेपालमा VAT लागु भयाे।
  • यस्काे पुर्ण कार्यान्वयन अा.व. ०५६/५७ देखि भयाे
  • हाल मूल्य अभिवृद्धि कर नियमावली २०७६ कार्यान्वयनमा छ।

नेपालमा VAT प्रणालीकाे स्वरूप

  • नेपालमा पुर्व प्रचलित विक्रि कर, मनाेरञ्जन कर, हाेटल कर र ठेक्का करकाे खारेजि पश्चात एकिकृत करकाे रूपमा मूल्य अभिवृद्धि करकाे प्रयाेग भएकाे छ
  • प्रारम्भमा १० प्रतिशतका दरले लाग्दै अाएकाे मा हाल १३ प्रतिशतका दरले लाग्ने व्यवस्था छ
  • कर गणनाकाे तरिका कर कट्टि विधिमा अाधारित रहेकाे र वृद्धि रकममा मात्र कर लाग्ने व्यवस्था गरिएकाे ।
  • संघीय इकाइहरू बीचकाे अधिकार बाँडफाँडमा VAT लाइ संघकाे अधिकार क्षेत्रमा राखिएकाे।
  • कर संकलन र व्यवस्थापनका लागि राजश्व सेवा समुहकाे विशिष्टिकृत सेवा समुह रहेकाे तथा अान्तरिक राजश्व विभाग, कर कार्यालयहरू, राजश्व अनुसन्धान विभाग काे व्यवस्था भएकाे।

नेपालमा VAT काे बाँडफाँड

संघले उठाएकाे VAT रकम संघीय विभाज्य काेषमा जम्मा गरि त्यस संकलित रकम मध्धे ७० प्रतिशत संघीय सरकारलाइ, १५ प्रतिशत प्रदेश र १५ प्रतिशत स्थानीय तहलाइ विभाजन गर्ने प्रावधान अन्तरसरकारी वित्त व्यवस्थापन एेन २०७४ काे दफा ६ ले गरेकाे छ।

  • मूल्य अभिवृद्धि करमा दर्ता भइ काराेबार गर्ने व्यत्ति वा संस्थाकाे दायित्व र राख्नु पर्ने लेखाकाे विधि कानुनतः निर्धारण गरिएकाे कार्यविधि स्पष्ट भएकाे ।
  • स्वयम कर निर्धारण र करदाताकाे स्वस्फुर्त सहभागितालाइ प्राेत्साहन गरिएकाे
  • नियमन र दण्ड तथा पुरस्कार प्रणालीकाे स्पष्ट कानूनी व्यवस्था गरिएकाे
  • अार्थिक कार्यप्रणालीकाे मेरूदण्डकाे रूपमा रहेकाे कर प्रणालीकाे भरपर्दाे खम्बाकाे रूपमा मूल्य अभिवृद्धि कर विकसित गरिएकाे
  • मुल्य अभिवृद्धि कर एेन २०५२मुल्य अभिवृद्धि कर नियमावली २०५३ निर्दिष्ट गरीएकाे ।

मू.अ.कर निर्धारण विधि

नेपालमा VAT निर्धारणका लागि निम्न विधिहरूकाे अवलम्बन गरिदै अाइएकाे छ।

जाेड विधि

उत्पादन,पाैठारी तथा विक्रिकाे चरणमा कुनै वस्तु तथा सेवाकाे लागि भुक्तानी गरीएकाे लागत (ढुवानी,ज्याला,खर्च,भाडा,व्याज लगायत अन्य खर्च भएकाे रकम) जाेडि अभिवृद्धि हुन पुगेकाे मूल्य यकिन गर्ने विधि नै जाेड विधि हाे।

घटाउ विधि

वस्तु तथा सेवाकाे विक्रि मूल्य बाट खरिद मुल्य घटाइ बाँकि रकम करयाेग्य रकम करार गर्ने विधि नै घटाउ विधि हाे ।

कर कट्टि विधि

काराेबारकाे हरेक चरणमा तथा प्रत्येक काराेबारमा लाग्ने मूल्य अभिवृद्धि करकाे हिसाब निर्क्याैल गर्ने विधि नै कर कट्टि विधि हाे । याे वस्तु तथा सेवा विक्रि गर्दा संकलन गरेकाे करबाट उक्त वस्तु वा सेवा खरिद गर्दा तिरेकाे कर रकम घटाइ सरकारलाइ बुझाउनु पर्ने मूल्य अभिवृद्धि करकाे रकम निर्धारण गर्ने विधि हाे । नेपालमा हाल मूल्य अभिवृद्धि करमा कर कट्टी विधिकाे अवलम्बन गर्ने गरिएकाे छ।

अन्त्यमा, नेपालकाे कर प्रणालीमा भन्सार महशुल पछाडि मूल्य अभिवृद्धि कर नै कर संकलनकाे अाधार बन्न पुगेकाे छ। विश्वकै वैज्ञानिक मानिने कर प्रणालीलाइ अझै अान्तरिक उत्पादनकाे संरक्षककाे रूपमा विकसित गरि समग्र अर्थतन्त्रकाे नियमनकारी अाैजारकाे रूपमा प्रभावकारी परिचालन गर्नु पर्ने अावश्यकता छ।

विद्यार्थीहरूका लागि थप अावश्यक विषयवस्तुः

  • नेपालमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरू
  • नेपालमा शुन्य दरमा VAT लाग्ने वस्तु तथा सेवाहरू
  • नेपालमा भ्याटका लागि करयाेग्य मानिने काराेबारहरू
  • भ्याट तिरेकाे कर कट्टि दाबी गर्न नमिल्ने वस्तुहरू
  • मुल्य अभिवृद्धि कर छली गरेमा हुने कानूनि बारबाही
  • नेपालमा VAT प्रणालीका चुनाैति तथा अवसर साथै समस्या र समाधानका उपाय

प्रश्नः १. नेपालमा विद्यमान रहेकाे मूल्य अभिवृद्धि करकाे विश्लेषण गर्दै VAT छुट तथा फिर्ता दिनुपर्नाकाे कारणहरू उल्लेख गर्नुहाेस।


 

One Response

  1. […] वस्तु तथा सेवाहरूकाे काराेबारमा मूल्य अभिवृद्धि कर छुट हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *