स्राेतकाे प्राथमिकता पूर्ण विनियाेजनका लागि याेजना र बजेटका बीचमा प्रभावकारी तालमेल कायम गर्ने त्रिवर्षिय खाका नै मध्यकालीन खर्च संरचना (MTEF) हाे। यसले तीन वर्षका लागि राजश्व,अनुदान, ऋण, खर्चका क्षेत्रहरू र सञ्चालन गरिने विकास कार्यहरूकाे खाका काेर्ने गर्दछ।
Table of Contents
मध्यकालीन खर्च संरचना के हाे?
- याे अावधिक याेजना र वार्षिक बजेटलाइ जाेड्ने अार्थिक खाका हाे।
- सार्वजनिक स्राेतकाे प्राथमिकता पुर्ण विनियाेजनकाे अाधार हाे।
- वार्षिक बजेट निर्माणकाे मार्गदशक हाे।
- प्राथमिकता प्राप्त अायाेजनाहरूकाे लागि स्राेतकाे सुरक्षण हाे।
- अार्थिक अनुशासन र वित्तिय नियन्त्रणकाे अाैजार हाे।
- सम्भावना युत्त, लागतप्रभावि तथा Game Changing अायाेजनाहरूकाे छनाैट कर्ता तथा प्रस्तुत कर्ता हाे।
मध्यकालीन खर्च संरचनाकाे अवधारणा
सार्वजनिक वित्त व्यिस्थापनको एक औजारका रूपमा यस खर्च संरचनाले उपलधध साधन-स्रोतको अाँकलन गर्ने र त्यसलाई योजनाको प्राथमिकताको क्षेत्रमा मध्यम अवधिकाे लागि बाँडफाँड गर्ने गर्दछ। यस अनतर्गत राजश्व, वैदेशिक अनुदान, सार्वजनिक ऋणकाे आँकलन गरि समष्टिगत आर्थिक खाका निर्धारण गर्ने गरिन्छ।
याे खाका तयार गर्दा बजेटकाे कार्यान्वयन बाट तीन वर्षमा प्राप्त हुने प्रतिफलकाे पनि प्रक्षेपण गरिन्छ। पहिलाे वर्ष बजेट कार्यान्वयन भए पछि नयाँ मध्यकालीन खर्च संरचना तयार गरिन्छ यस क्रममा अघिल्लाे आर्थिक वर्षमा गरिएकाे खर्च काे उपलब्धि/समिक्षा समेत समावेश गर्ने गरिन्छ साथै आगामि दुइ आर्थिक वर्षकाे लागि विनियाेजन गर्नुपर्ने रकम र अपेक्षित उपलब्धिकाे प्रक्षेपण गरिन्छ। त्यसैले मध्यकालीन खर्च संरचना चक्रिय हिसाबले प्रत्येक तीन वर्षकाे बजेटकाे अाँकलन हाे। यसले बजेट तर्जुमा प्रक्रियालाइ बढि विश्वसनिय, वस्तुपरक, बैज्ञानिक, अावश्यकतामा आधारित र कार्यान्वयन तथा प्रतिफल याेग्य बनाउँदछ।
MTEF का महत्व/आवश्यकता/उद्धेश्यहरू
- सार्वजनिक स्राेतकाे प्राथमिकता पूर्ण विनियाेजन,
- आवधिक याेजना र वार्षिक बजेट बीच प्रभावकारी तालमेल कायम गर्नु,
- तीन अार्थिक वर्षकाे बजेटकाे अाँकलन गर्नु,
- बजेट निर्माणलाइ मार्गदशन गर्नु
- सार्वजनिक खर्च प्रणालीमा वित्तिय अनुशासन कायम गरि समष्टिगत अार्थकि स्थायित्व हासिल गर्नु,
- मध्यम अवधिकाे अान्तरिक तथा वाह्य स्राेतकाे वास्तविक अनुमान गर्नु,
- प्राथमिकता प्राप्त क्षेत्रमा लगानीकाे सुनिश्चितता गर्नु,
- मन्त्रालयगत बजेट अनुमान वास्तविकतामा अाधारित बनाउनु
- सरकारी श्रोत, राजश्व, आन्तरिक ऋण, वैदेशिक अनुदान तथा ऋणको आँकलन गरी समष्टिगत खाका निर्धारण गर्नु,
- आर्थकि अनुशासन र वित्तिय उत्तरदायित्व हासिल गर्नु,
नेपालमा मध्यकालीन खर्च संरचनाः
नेपालमा सार्वजनिक खर्च प्रणालीमा विभिन्न समस्या छन यस्का अतिरत्त आवधिक याेजना र वार्षिक बजेट विच तादम्यता हुन नसक्ने कारणले याेजना केवल अपेक्षाकाे थैलाे हुन पुग्याे। यस्ता समस्याकाे समाधानका निमित्त राष्ट्रिय बजेट प्रणाली लाइ याेजना सँग अाबद्धता गराउनु अत्यावश्यक रहन गयाे। नेपालमा दशाै याेजना अवधि देखि मध्यकालीन खर्च संरचनालाइ अवलम्बन गर्ने प्रयास सुरू गरियाे । सुरूमा याे प्राथमिकता प्राप्त केहि क्षेत्रगत विषयहरूमा मात्र लागु गरिएकाेमा हाल याे सम्पुर्ण बजेट प्रणाली र याेजनाकाे पुलकाे रूपमा विकास भएकाे छ। यस्लाे सम्पुर्णतामा बजेटलाइ याेजना अनुरूप निर्माण गर्ने कार्य गर्दछ। हाल अन्तर सरकारी वित्त व्यवस्थापन एेन २०७४ र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व एेन २०७६ ले MTEF लाइ अनिवार्य कानूनि शर्त प्रदान गरेकाे छ।
CONTRIBUTE HERE:
तपाँइका लेख, संकलित पाठ्यसामाग्रि तथा अन्ययन समाग्रिहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस ।
SEND NOW

MTEF मा खुलाउनु पर्ने विवरणहरू
अन्तर सरकारी वित्त व्यवस्थापन एेन २०७६ काे दफा १७ ले नेपालकाे मध्यकालीन खर्च संरचनामा खुलाउनु पर्ने विवरणहरू निम्नानुसार उल्लेख गरेकेा छः
- प्रस्तावित याेजनाकाे उद्धेश्य,
- प्रस्तावित याेजनाकाे लागि सम्भाव्यता अध्ययन गर्न वा खर्च छुट्याउन अावश्यकताकाे पुष्टँयाइ,
- प्रस्तावित याेजना कार्यान्वयन हुन सक्ने अार्थिक वर्ष र त्यस पछिका दुइ वर्षमा प्राप्त हुन सक्ने प्रतिफल
- प्रस्तावित याेजना लागु गर्न आवश्यक खर्चकाे विवरण,
- खर्च व्यहाेर्ने स्राेत र खर्च गरिएकाे रकमबाट प्राप्त हुने प्रतिफल र उपलब्धिकाे प्रक्षेपण,
- याेजनाकाे मध्यम अवधिकाे खर्चकाे रणनीति तथ त्यसकाे वार्षिक खर्च सँगकाे तादाम्यता,
- सञ्चालित याेजना भए गत अार्थिक वर्षमा छुट्याइएकाे खर्च अनुसार लक्ष्य हासिल भए नभएकाे यथार्थ विवरण इत्यादि।