प्रश्नपत्रः समसामयिक विषय

लाेक सेवा अायाेगः अप्राविधिक तर्फका परराष्ट्र, प्रशासन, लेखापरीक्षण, व्यवस्थापिका संसद सेवा, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा साे सरह पदकाे द्धितीय चरणकाे प्रतियाेगितात्मक लिखित परीक्षा
मितिः २०७७/०९/२२ समयः ३ घण्टा पूर्णाङ्कः १००
विषयः समसामयिक विषय (Contemporary Issues)

खण्ड – कः सामाजिक मामिलाहरू

  1. नेपालका पहाडि ग्रामिण वस्तिहरूबाट तिब्र रूपमा भइरहेकाे वसाँइसराइले पार्ने बहुअायामिक प्रभावहरू के के हुन? यसबाट पर्ने नकारात्मक प्रभावहरूका उपायहरू समेत चर्चा गर्नुहाेस। (५+५=१०)
  2. संगठित अपराध भन्नाले के बुझिन्छ? नेपालमा संगठित अपराधहरूकाे निवारणका लागि भएका प्रयासहरू छाेटकरीमा चर्चा गर्नुहाेस। (३+७=१०)
  3. सामाजिक न्यायका अवधारणा र यसका सिद्धान्तहरू उल्लेख गर्नुहाेस। सामाजिक न्यायका सवालमा नेपालकाे संविधानले गरेकाे माैजुदा व्यवस्था व्यवहारमा किन कार्यान्वयन हुन नसकेकाे हाेला? अाफ्नाे धारणा लेख्नुहाेस। (५+५=१०)

खण्ड – खः अार्थिक मामिलाहरू

  1. श्रम उदारिकरण भन्नाले के वुझिन्छ? नेपालले श्रम उदारीकरणका श्रेत्रमा के कस्ता कदम चालेकाे छ? उल्लेख गर्नुहाेस। (३+७=१०)
  2. नेपालकाे समष्टिगत अार्थिक विकासमा पर्यटन क्षेत्रकाे याेगदान बारे चर्चा गर्नुहाेस। पर्यटन क्षेत्रलाइ अन्तराष्ट्रियस्तरकाे मापदण्डमा पुर्याउन कुन कुन क्षेत्रमा ध्यान दिनु जरूरी छ? उल्लेख गर्नुहाेस। (१०)

खण्ड -गः विकास मामिलाहरू

  1. नेपालमा प्राकृतिक स्राेतहरूकाे संरक्षण र उपयाेग प्रभावकारी रूपमा हुन नसक्नाका कारणहरू पहिचान गरी समाधानका उपायहरू समेत उल्लेख गर्नुहाेस। (५+५=१०)
  2. अतिकम विकसित राष्ट्रहरूकाे विकास प्रकृयामा विश्वव्यापिकरणका अवसर र चुनाैतिहरू के कस्ता रहेका छन? यी चुनाैतिहरूकाे सामना कसरी गर्न सकिन्छ? उल्लेख गर्नुहाेस। (१०)
  3. स्थानीय स्वायत्त शासनका अाधारभुत मान्यताहरू लेख्नुहाेस। साथै संघीयता र स्वायत्त शासन बीचकाे भिन्नता दर्शाउनुहाेस। (४+६=१०)

खण्ड -घः वातावरण मामिलाहरू

  1. वन विनासका कारण र असर पहिचान गर्दै तिनकाे नियन्त्रण गर्न प्रभावकारी उपायहरू प्रस्तुत गर्नुहाेस। (१०)
  2. वातावरणीय ह्रास भन्नाले के बुझ्नुहुन्छ? वातावरणीय ह्रासका कारक तत्वहरू निरूपणकाे लागि दिर्घकालीन रूपमा अवलम्वन गर्नुपर्ने उपायहरू के के हुन? चर्चा गर्नुहाेस। (१०)

लोक सेवा आयोग तयारी सम्बन्धि १० वेबसाइट

Add a Comment

Your email address will not be published. Required fields are marked *