राष्ट्रपति कार्यालयले २०७७ साल पुस ०५ गते नेपाल सरकार मन्त्रिपरिषद काे सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकाे छ। प्रधानमन्त्रिकाे सिफारिस तथा मन्त्रिपरिषदकाे निर्णय अनुसार राष्ट्रपति बाट प्रतिनिधि सभा विघटन गर्नुभएकाे हाे।
- नेपालकाे संविधान धारा ७६ काे उपधारा १ र ७ तथा धारा ८५ वमाेजिम प्रतिनिधि सभा विघटन गरिएकाे हाे।
- प्रतिनिधि सभाकाे विघटनमा संसदीय प्रणालीकाे अाधारभुत मुल्य एवमं मान्यता तथा हाम्राे अाफ्नै मुलुककाे विगतकाे अभ्यास र अन्य मुलुकाे अभ्यास समेतकाे अाधार मानेर प्रतिनिधि सभा विघटन गरिएकाे हाे।
- प्रतिनिधि सभाकाे विघटन सँगै मिति २०७८ वैशाख १७ गते शुक्रवार पहिलाे चरणमा तथा २०७८ वैशाख २७ गते दाेश्राे चरणमा निर्वाचन गर्ने घाेषणा राष्ट्रपतिबाट भएकाे छ।
प्रतिनिधि सभाकाे पुनःस्थापना
मिति २०७७ साल फागुन ११ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभाकाे विघटन विरूद्धकाे मुद्दामा फैसला प्रदान गर्दै प्रतिनिधि सभा पुनःस्थापना गर्ने अादेश प्रदान गरेकाे छ। यस सँगै पाैष ५ गते विघटन भएकाे प्रतिनिधि सभा पुनः स्थापित भएकाे छ।
- पुनः स्थापना मितिः २०७७ फागुन ०५
- प्रधान्न्यायाधिश चाेलेन्द्र शमशेर काे नेतृत्वमा रहेकाे पाँच सदस्यीय संवैधानिक इजलासले प्रतिनिधि सभाकाे विघटन असंवैधानिक घाेषणा गर्दै १३ दिन भित्र प्रतिनिधि सभाकाे वैठक राख्न अादेश दिएकाे छ।
- पुनः स्थापित प्रतिनिधि सभाकाे पहिलाे वैठकः २०७७ फागुन २३ गते बसेकाे छ।
दाेश्राे पटक प्रतिनिधि सभा विघटन
नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णय अनुसार प्रतिनिधि सभाकाे पुनः विघटन गरिएकाे छ। राष्ट्रपति कार्यालय बाट मिति २०७८ ज्येष्ठ ०८ गते विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाकाे पुनः विघटन गरिएकाे छ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राष्ट्रपति कार्यालय बाट दाेश्राे पटक प्रतिनिधि सभाकाे विघटन गरिएकाे जानकारी दिदैँ मिति २०७८ कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गरिने घाेषणा भएकाे हाे।
राष्ट्रिय तथा अन्तराष्ट्रिय पछिल्ला समसामयिक गतिविधिका लागि यहाँ क्लिक गर्नुहाेस।