नेपाल परिचय

सूचना तथा प्रसारण विभाग द्वारा वार्षिक रूपमा प्रकाशित हुँदै आएकाे नेपाल परिचयः नेपाल सम्बन्धि जानकारी दिने नेपाल सरकारकाे निकायद्वारा संकलन, सम्पादन र प्रकाशन गरिएकाे पुस्तक हाे। नेपालका प्रतिस्पर्धात्मक परिक्षाकाे सामान्य ज्ञान खण्डमा साेधिने प्रश्नहरूकाे अाधिकारिक उत्तरकाे सन्दर्भ सामाग्रि समेतका रूपमा नेपाल परिचय पुस्तक रहेका कारण लाेक सेवा, शिक्षक सेवा तथा अन्य संस्थान र प्रतिस्पर्धात्मक परिक्षाकाे तयारी गरिरहेका उम्मेद्वारहरूकाे लागि अति अावश्यक पुस्तक हाे।

पुस्तकः नेपाल परिचय
प्रकाशकः नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग
सञ्चारग्राम, तिलगङ्गा, काठमाडौ
फोन नं. ४११२५५४, ४११२७१७
वेबः www.doinepal.gov.np
पूर्ण परिमार्जित संस्करणः २०६९ वैशाख
दोस्रो संस्करणः २०७० वैशाख
तेस्रो संस्करणः २०७२ वैशाख
चौथो संस्करणः २०७३ वैशाख
पा“चौ संस्करणः २०७४ वैशाख
परिमार्जित छैटौ“ संस्करणः २०७५ वैशाख
परिमार्जित सातौ“ संस्करणः २०७६ असार
परिमार्जित आठौ“ संस्करणः २०७७ असार
सर्वाधिकार© सूचना तथा प्रसारण विभाग
लेआउट डिजाइनः खगेन्द्र कार्की, सूचना तथा प्रसारण विभाग
आवरणः सुवास राई, सूचना तथा प्रसारण विभाग
मुद्रकः आदर्श छापाखाना
लोकन्थली, भक्तपुर
९८५१०३९३६१

नेपाल परिचय
सूचना तथा प्रसारण विभाग द्वारा प्रकाशित नेपाल परिचय पुस्तक

Download नेपाल परिचय pdf format

  • नेपाल परिचयः ८ अाै परिमार्जित संस्करण २०७७ – Download pdf format , word format ( नयाँ राजनैतिक नक्सा सहितकाे)
  • नेपाल परिचयः ८ अाै संस्करण २०७७ – Download pdf format , word format
  • नेपाल परिचयः ७ अाै संस्करण २०७६ – Download pdf format , word format
  • नेपाल परिचयः ६ अाै संस्करण २०७५ – Download pdf format , word format
  • नेपाल परिचयः ५ अाै संस्करण २०७४- Download pdf format , word format
  • नेपाल परिचयः चाैँथाे संस्करण २०७३ – Download pdf format , word format

नेपाल परिचय परिमार्जित अाठाै संस्करण बारे

नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता रहेका छन् । यिनै विविधताले नै नेपाललाई विश्वमै पृथक एवं मौलिक पहिचानका रुपमा स्थापित गरेको छ । विश्वमा नेपाल सगरमाथाको देश, भगवान गौतमबुद्धको देश, वीरहरूको देश, शान्तिको भूमि, मन्दिरै मन्दिरको देशका नामले पनि चिनिन्छ । विश्व सम्पदा सूचिमा नेपालका दश स्थान समावेश छन् । ती ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय, राष्ट्रिय निकुञ्ज अन्तर्गतका सम्पदा हुन् । नेपाल एक विविधताले भरिपूर्ण सुन्दर देश हो । नेपालमा हिमाल, पहाड र तराईको भौगोलिक समिश्रण छ भने संस्कृतिमा पनि उत्तिकै विविधता छ, त्यो विविधतामा एकता छ । समयक्रमसँगै नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक आदि पक्षहरुमा परिवर्तन र सुधार हुँदै गएको र नेपालको स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता थप मजबुत बन्दै नागरिक हक हितको रक्षा मार्फत “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा हाँसिल गर्नमा थप योगदान हुनेछ ।


नेपालको समग्र पक्ष बारे जानकारी दिने उद्देश्यले तयार गरिएको नेपाल परिचय पुस्तकमा नेपालको भौगोलिक अवस्था, राजनैतिक र संवैधानिक विकास, वर्तमान शासन प्रणाली, प्रशासनिक व्यवस्था, आर्थिक व्यवस्था तथा विकासका प्रयास, विभिन्न जाति, भाषा, संस्कार र संस्कृतिलाई समावेश गरिएको छ । यस पुस्तकले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली (महाकाली पारी नेपालको भूमी महाकाली नगरपालिका दोधारा चाँदनीसमेत) सम्म तथा उत्तर हिमालदेखि दक्षिण तराईसम्म र सातै प्रदेशका सबै विषयलाई संक्षिप्तरुपमा समेटेको छ ।

पुस्तक प्रकाशनलाई निरन्तरता दिने क्रममा परिवर्तित सन्दर्भलाई सम्बोधन गर्ने गरी आधिकारिक तथ्य तथा प्रमाणमा आधारित रहेर संघीयताको स्वरुप, हालको अर्थ व्यवस्था, नेपालको नयाँ नक्सासमेत समावेश गरिएको छ । प्रस्तुतिलाई सकेसम्म श्रोतमा आधारित बनाउँदै सरल, सटिक र सिलसिलेवार रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसले नेपालका सम्बन्धमा जानकारी राख्न चाहने स्वदेशी तथा विदेशी व्यक्तित्वहरुलाई महत्वपूर्ण सहयोग गर्नेछ भन्ने अभिलाषा लिएको छु । हालै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोगको प्रभाव नेपालको आर्थिक, सामाजिकलगायत सबै पक्षमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ । यस असहज परिस्थितिमा पनि नेपाल परिचय प्रकाशन गर्न सफल भएका छौँ । पुस्तकलाई स्तरीय र विश्वसनीय बनाउने प्रयास गर्दागर्दै पनि केही कमजोरीहरु रहेका हुन सक्छन्, ती कमीकमजोरीहरु र पाठकवर्गका अमूल्य सल्लाह, सुझावहरु उपलब्ध गराई यस पुस्तकको आगामी संस्करणलाई थप गुणस्तरीय बनाउन सबैबाट सहयोगको अपेक्षा गर्दछु ।

यस संस्करणको “नेपाल परिचय” प्रकाशन गर्ने सिलसिलामा रचनात्मक सुझाव प्रदान गर्नुहुने माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यू, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव श्रीमान् राधिका अर्यालज्यूप्रति आभार प्रकट गर्दछु । पुस्तक तयार गर्ने सन्दर्भमा भाषा तथा विषयवस्तु सम्पादन गर्नुहुने विभागका निर्देशकहरु ईश्वर राज दाहाल र सुमन बज्राचार्य, शाखा अधिकृतहरू लक्ष्मी दुरा, बसन्त बहादुर खत्री र केशवराज शर्मा, इन्जिनियर योगेश अर्याल, नायब सुब्बा रञ्जना दाहाल र कमल आचार्य, खरिदारहरू लोकेन्द्र बि.सी., दिनेश पाण्डेय र बीरबहादुर सुनुवारलाई धन्यवाद दिन चाहन्छु । नेपाल परिचय पुस्तक तयारका लागि फोटो व्यवस्थापन गर्नुहुने छविकार प्रवीण श्रेष्ठ, कम्प्युटर सेटिङ्गसम्बन्धी कार्य गर्नुहुने कम्प्युटर अपरेटरहरू खगेन्द्र कार्की र सुवास राईलाई धन्यवाद दिन चाहन्छु । साथै समयमा नै पुस्तक छपाई गरी उपलव्ध गराउने आदर्श छापाखानालाई समेत धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

लेखनाथ शर्मा
महानिर्देशक
सूचना तथा प्रसारण विभाग

Add a Comment

Your email address will not be published. Required fields are marked *