नेपालमा आयकर छुट हुने १५ आयहरू

नेपालमा आयकर छुट हुने १५ आयहरू

नेपालकाे आयकर प्रणाली

व्यतिकाे व्यत्तिगत लाभ,लाभांश, प्रतिफल, पारिश्रमिक वा अन्य जुनसुकै आय बापत राज्यलाइ अनिवार्य बुझाउनु पर्ने अार्थिक दायित्व नै आयकर हाे। नेपालकाे संविधानकाे धारा २५ सम्पत्तिकाे हकमा व्यत्तिकाे सम्पत्ति र आय मा प्रगतिशील तवरले राज्यले कर लगाउन र उठाउन पाउने छ भनि आयकरकाे संवैधानिक अाधार निर्माण गरिएकाे छ।

नेपालमा आयकर एेन २०५८ ले स्पष्ट रूपमा आयकर छुट हुने आयका विषयमा व्यवस्था गरेकाे छ। आयकर एेन अनुरूप आयकर छुट हुने आयहरू निम्नानुसार छनः

आयकर छुट
अान्तरिक राजस्व कार्यालय,भरतपुर

आयकर छुट हुने आयहरू

  1. संघीय इकाइहरू (संघ,प्रदेश र स्थानीय तह)ले प्रदान गर्ने सामाजिक सुरक्षा रकम,
  2. संघ, प्रदेश र स्थानीय तहले प्राप्त गर्ने जुनसुकै आय,
  3. नेपाल राष्ट्र बैंककाे उद्देश्य अनुसार अार्जन भएकाे रकम,
  4. सडक, पुल, विमानस्थल तथा पुर्वाधार निर्माण गरि प्राप्त हुने आय मा ४० प्रतिशत सम्म छुट
  5. पर्यटन उद्याेगमा शशर्त छुट हुन्छ,
  6. कृषि पेशा वा सहकारीकाे आय वा लाभांश
  7. बाैद्धिक सम्पत्तिकाे निर्यात वा हस्तान्तरणमा निश्चित छुट,
  8. राेजगारि सिर्जना, विशेष अार्थिक क्षेत्रका सञ्चालित उद्याेग र सूचना तथा सञ्चार प्रविधिमा अाधारित उद्याेगकाे आय,
  9. नेपाल सरकाले कुनै सन्धि,सम्झाैता गरि कर छुट दिने भनि गरेकाे कबुलियत अनरूपकाे आयमा,
  10. कर तिर्न नपर्ने शर्तमा नेपाल सरकारकाे सेवामा राखिएकाे गैर नेपाली नागरिककाे पारिश्रमिकमा,
  11. विदेशि सरकारी सेवा कार्यरत नेपालीकाे पारिश्रमिक रकममा,
  12. विदेशि सैनिक वा प्रहरी सेवामा सेवा गरि हाल विदेशि सरकारि काेष बाट निवृत्तिभरण प्राप्त हुने रकममा,
  13. उपहार, अपुतालि र छात्रवृत्तिमा,
  14. कर छुट दिइएका संस्थाले प्राप्त गर्ने उपहार तथा चन्दामा,
  15. उत्पादनमूलक उद्याेगले निर्यात गरेकाे आयमा २५ प्रतिशत सम्म छुट हुन्छ

राज्यकाे अावश्यकता, अान्तरिक उत्पादकाे संरक्षण, सार्वजनिक खर्चकाे व्यवस्थापन लगायतका हरेक दृष्टिकाेणकाे संयुत्त मुल्यांकन बाट व्यत्तिकाे आयमा आयकर छुट छुट दिने गरिन्छ। नेपालमा आयकर छुट प्रगतिशील तरिकाले लागु भएकाे सन्दर्भमा यस्ले सामाजिक न्याय कायम र समानता प्राप्तिका दिशामा आयकर छुट अवलम्बन गर्नु पर्दछ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *