नेपालको कर नीति
सरकारले राज्य संचालनमा आवश्यक खर्चकाे संकलनका निमित्त कर लगाउने र संकलन गर्ने सम्बन्धमा अख्तियार गरेकाे नीति, संगठन र व्यवहारकाे समष्टि नै नेपालकाे कर नीति हाे। करकाे अाधार, दर र दायराकाे समेत परिभाषा गरि सार्वभाैम नागरिकका जनप्रतिनिधि मार्फत कर सम्बन्धि सम्पुर्ण पक्षकाे स्विकृति प्राप्त गरि कर संकलन र उपयाेग गर्ने नेपालकाे कर नीति रहिअाएकाे छ। यस्का अलावा करकाे दायरामा विस्तारिकरण, दरमा न्युनिकरण, संकलनमा सुदृढीकरण र उपयाेगमा प्रभावकारिता कायम गर्ने तर्फ नेपालकाे कर नीति लक्षित छ। कर नीति कै कारण मैद्रिक बजार र राज्यकाे समग्र अर्थतन्त्रकाे दिशा निर्देश हुने हुनाले यस्लाइ वैज्ञानिक र वस्तुनिष्ठ बनाउनु पर्ने आवश्यकता रहन्छ।
Table of Contents
कर नीतिले मार्गदर्शन गर्ने कुराहरू
- कस्ताे सैद्धान्तिक अाधार अनुसार कर लगाउने,
- कुन उद्देश्यले कर लगाउने,
- कति दरमा र कुन क्षेत्रमा कर लगाउने,
- दर बढाउने कि दायरा विस्तारमा जाेड दिने,
- कस्ता करका क्षेत्रहरूकाे संरक्षण गर्ने,
- कराधारकाे मात्रा कसरि कायम गर्ने
- राजस्व बाँडफाँडका सम्बन्धमा के गर्ने,
- कस्ताे कानूनि, संस्थागत र प्रकृयागत व्यवस्था अवलम्बन गर्ने,
- के कस्ताे छुट दिने,
- संघीय इकाइहरू बीचमा करकाे दाेहाेराेपना कसरि हटाउने तथा करमा समन्वय कसरी कायम गर्ने अादी।
नेपालकाे विद्यमान कर नीति
- करदाता मैत्रि कर प्रणालीकाे अवलम्बन गर्ने
- करदाताकाे संरक्षण र सम्मान अभिवृद्धि गर्ने
- करकाे दर न्युनीकरण र दायरा विस्तारीकरण गर्ने
- कर प्रशासनकाे दक्षता अभिवृद्धि गर्ने
- सूचना प्रविधि मैत्रि व्यवस्थापन प्रणालीकाे अवलम्बन गर्ने
- जनप्रतिनिध मार्फत कर नितिकाे अनुमाेदन
- No Taxation Without Representation अवधारणा स्विकार
- करदाता शिक्षा प्रभावकारी बनाउने
- चुहावट न्युनिकरण गर्दै कर छली दुरूत्साहन गर्ने
- व्यवसायी र नागरिकलाइ दाेहाेराे करभार बाट मुक्त्त गर्ने
- निर्यात मैत्रि कर प्रणालीकाे अवलम्बन गर्ने
- करमा एकरूपता र समानता कायम गर्ने
- प्रगतिशिल कर प्रणालीकाे अवलम्बन गर्ने
- माैलिक उत्पादन, साना व्यवसायी र अान्तरिक उद्याेगकाे संरक्षण गर्ने
- नियमन तथा दण्ड प्रणालीकाे सुदृढीकरण गर्ने
- स्वेच्छिक कर सहभागिता र स्वयमकर घाेषणा प्रणाली अात्मसात गरेकाे,
- लगानि मैत्रि कर नीतिकाे तर्जुमा,
- दाेहाेराे कर मुत्ति सम्झाैता द्वारा दाेहाेराे करकाे भार अन्त्य गर्ने
१५ औ याेजनाका कर रणनीतिहरू
- सबै किसिमका अार्थिक क्रियाकलापलाइ करकाे दायरामा ल्याइ राजस्वकाे अाधार फराकिलाे बनाउने।
- राजस्व प्रशासनकाे विस्तार तथा अाधुनिकीकरण गरी कुशल, व्यावसायिक र स्वच्छ बनाउने।
- अार्थिक विस्तारमा सहयाेग पुग्ने गरि कर प्रणालीलाइ थप लगानी तथा व्यवसाय मैत्रि बनाउने
- कर संरचना र दरमा सामयिक सुधार गरी कर प्रणालीलाइ थप सरल र समन्यायिक बनाउने
- संघीय प्रणाली अनुरूप राजस्व प्रशासनकाे संरचनागत र प्रणालीगत पक्षमा सुधार गर्ने।
बजेटका राजस्व नीतिहरू
- कर चुक्त्ता प्रमाणपत्र स्वचालित तरिकाबाट करदाता स्वयले प्राप्त गर्ने सक्ने व्यवस्था मिलाउने,
- उपभाेत्ताले वस्तु तथा सेवा खरिदकाे भुत्तानि विद्युतीय उपकरण मार्फत गर्दा प्राेत्साहन स्वरूप प्राप्त गर्ने रकममा अग्रिम कर कट्टि गर्नु नपर्ने व्यवस्था गि विद्युतिय काराेबारलाइ प्राेत्साहन गरिएकाे छ।
- सम्पुर्ण करदाता सूचना प्रणालीलाइ एकिकृत गर्ने,
- राजस्व छलि तथा चुहावट नियन्त्रण गर्ने,
- करकाे दायरा विस्तार गर्दै दरकाे पुनरावलाेकन गर्ने,
- विशेष उद्याेग लाइ काराेबार सुरू गरेकाे पाँच वर्ष सम्म २५ प्रतिशत अायकर छुट
- खानेपानि तथा सरसफाइ उपभाेत्ता समितिलाइ अायकर नलाग्ने
- गाँउपालिकामा सञ्चालित सहकारीलाइ सम्पुर्ण अायकर छुट तथा नगरपालिका, उप महानगरपालिका र महानगरपालिकाका सहकारीलाइ अायकरमा क्रमशः पाँच , सात र दश प्रतिशत मात्र अायकर लाग्ने व्यवस्था
- अन्तः शुल्क दरमा मिनाहा तथा केहि वस्तुकाे अन्त शुल्कमा थाेरै वृद्धि,
- दुर सञ्चार सेवा दस्तुरमा इन्टरनेट सेवा प्रदायकलाइ छुट,
- पर्यटन व्यवसायिलाइ अायकरमा २० प्रतिशत छुट,
- लघु तथा साना उद्याेगकाे अायकर छुट अवधि थप
नेपालकाे कर नीतिका समस्याहरू
- अनाैपचारिक अर्थतन्त्रलाइ नियन्त्रण गर्ने नसकेकाे,
- अस्थिर कर नीतिकाे अवलम्बन गरेकाे,
- कर संकलन लागत उच्च रहेकाे,
- संघीय इकाइहरू बीच राजस्व संकलनमा पर्याप्त समन्वय गराउन नसकेकाे
- सबै किसिमका अार्थिक क्रियाकलापलाइ करकाे दायरामा समाहित गरि कर अाधार फराकिलाे बनाउन नसकिएकाे
- राजश्व प्रशासनकाे अाधुनिकिकरण, सुदृढीकरण र विस्तारीकरण गर्न नसकिएकाे,
- करदाता शिक्षा लाइ प्रभावकारी बनाउन नसकिएकाे,
- करदाता लाइ उचित सम्मान र कर तिर्ने प्रवृति विकसित तुल्याउन नसकिएकाे
- कर नतिर्ने कार्यलाइ सामाजिक स्विकृति प्राप्त भएकाे