नेपालकाे नयाँ नक्सा सम्बन्धि जानकारी

नेपालकाे नयाँ नक्सा विं.सं २०७७ ज्येष्ठ ०९ गते राजपत्रमा प्रकाशित गरिएकाे छ। मुलतः यस नक्सामा भारतसँग विवादित कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्र समेटिएकाे छ।

नेपालकाे नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा
नेपालकाे नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा

भारतले नेपालकाे कालापानी, लिम्पियाधुरा लगायतका ठाँउ समेटि नयाँ नक्सा प्रकाशन गरेसँगै नेपालले पनि नेपालकाे नयाँ नक्सा सार्वजनिक गरेकाे हाे। यसक्रममा घटेका विभिन्न घटनाक्रमहरूलाइ हामिले समयक्रमानुसार टिपाेट गरेका छाै।

  • सन २०१५ मे १५ – लिपुलेक सम्झाैता (भारत र चीन विच लिपुलेक भञ्जयाङ्ग लाइ व्यापारीक नाकाकाे रूपमा विकास गर्ने द्विदेशिय सम्झाैता मा हस्ताक्षर भएकाे )
    • यस सम्झाैतालाइ लिएर नेपालले दुवै देशलाइ गम्भिर असहमति जनाइ याे नेपालकाे भुमि माथि बाह्य हस्तक्षेपकाे रूपमा नेपालले बुझेकाे विशेष कुटनितिक नाेट पठाएकाे थियाे।
  • सन १९१९ नाेभेम्बर ०२ – भारतकाे सर्भे विभाग द्वारा भारतकाे नयाँ राजनैतिक नक्सा सार्वजनिक गरिएकाे
    • यस नक्सामा जम्मु कस्मिर र लद्दाख लाइ छुट्टा छुट्टै भारत प्रशाशित प्रान्तकाे रूपमा विभाजन गरिएकाे थियाे भने नेपालकाे लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रलाइ समेत समेटिएकाे थियाे।
    • २०१९ अगस्ट ०५ – भारतिय संविधानकाे धारा ३७० र धारा ३५(A) लाइ निस्प्रभावि बनाउने विशेष प्रस्ताव पेश गरि पास गरिएकाे थियाे।
      • यसै दिन बाट भारतिय जम्मुकस्मिर राज्यमा संविधानतः निहित रहेकाे विशेष अधिकार खाेसिएकाे थियाे। यस अघि जम्मु कस्मिरलाइ स्वायत्त राज्यकाे अधिकार संविधानमा थियाे जस अन्तर्गत भारतकाे संविधानकाे अधिनमा रहि जम्मुकस्मिरले अाफ्नाे देशकाे छुट्टै संविधान र राष्ट्रिय झण्डाकाे प्रयाेग गरिरहेकाे थियाे भने वैदेशिक सम्बन्ध कायम गर्ने अधिकार भने थिएन।
  • २०२० मे ०८ – भारतद्वारा मानसराेवर जाने सडक मार्गकाे उद्घाटन
    • भारतकाे पिथाैरागढ जिल्लाकाे घाँटिबगर बाट लिपुलेख भञ्जयाङ्ग हुदै तिब्बतकाे मानसराेवर पुग्ने ८० किलाेमिटर दुरिकाे सडक उद्घाटन गरिएकाे।
    • भारतिय रक्षा मन्त्रि राजनाथ सिंह द्वारा याे सडककाे उद्घाटन गरेका थिए।
    • लिपुलेख भञ्याङ्ग समुद्र सतहबाट १७,०६० फिटकाे उचाइमा रहेकाे छ।
  • २०७७ ज्येष्ठ ०५ – नयाँ राजनैतिक नक्सा मन्त्रिपरिषद बाट स्विकृत भएकाे
  • २०७७ ज्येष्ठ ०७ – नेपालकाे नयाँ नक्सा सार्वजनिक
    • भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि पद्मा अर्याल द्वारा नेपालकाे नयाँ नक्सा सार्वजनिक भएकाे हाे।
    • नेपालले यस भन्दा अघि वि.सं २०३२ सालमा जारि भएकाे नक्सा प्रयाेग गरिरहेकाे थियाे।
  • २०७७ ज्येष्ठ ०९ – नयाँ नक्सा राजपत्रमा प्रकाशित
    • यसै मितिबाट सम्पुर्ण सरकारी कार्यालयहरूमा नेपालकाे नयाँ नक्सा प्रयाेगमा ल्याउने निर्णय मन्त्रिपरिषदले गर्नुका साथै नेपालकाे निशाना छापमा रहेकाे नेपालकाे नक्सालाइ संशाेधन गर्ने संविधान संशाेधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेकाे थियाे।
    • याे संशाेधन विधेयक नेपालकाे संविधानकाे भाग १, धारा ९ काे उपधारा (२) अनुसारकाे अनुसुचि ३ मा रहेकाे नेपालकाे निशाना छाप सँग सम्बन्धित रहेकाे छ।
  • २०७७ ज्येष्ठ १९ – सरकारद्वारा नेपालकाे निशाना छाप संशाेधन विधेयक प्रतिनिधि सभामा पेश गरेकाे ।
  • २०७७ ज्येष्ठ ३१ – संविधान संशाेधन विधेयक प्रतिनिधि सभाबाट पारित
    • यस प्रस्तावकाे पक्षमा २५८ मत परेकाे थियाे भने विपक्षमा कुनै मत परेकाे थिएन।
    • मतदानका वखत १२ सांसद अनुपस्थित थिए भने ४ जना सांसद हरू निलम्बित थिए।
    • नेपालकाे प्रतिनिधि सभामा कुल २७५ सांसदहरू रहने व्यवस्था रहेकाे छ।
  • २०७७ असार ०४ – राष्ट्रिय सभा बाट संविधान संशाेधन विधेयक पारित
    • राष्ट्रिय सभामा संविधान संशाेधन विधेयककाे पक्षमा ५७ मत प्राप्त भएकाे थियाे।
    • २०७७ असार ०४ – साेहि दिन प्रमाणित गरि राष्ट्रपतिकाेमा पठाइयाे
  • २०७७ असार ०४ – राष्ट्रपति द्वारा संविधान संशाेधन विधेयक प्रमाणिकरण सम्मन्न। नेपालकाे संविधानकाे दाेश्राे संशाेधन सम्पन्न ।
    • यस अघि नेपालकाे संविधान मिति २०७२ फागुन १६ गते प्रथम संशाेधन गरिएकाे थियाे।
  • २०७७ असार ०४ – नेपालकाे निशाना छापमा नेपालकाे नयाँ नक्सा समावेश गरि संशाेधन गरिएकाे। साथै साेहि दिन नयाँ निशाना छाप नेपालकाे राजपत्रमा प्रशाशित भएकाे छ।
    • याे निशाना छापका डिजाइनर नविन्द्र मान राजभण्डारि, हिमालयन गाैतम र कृष्ण श्रेष्ठले डिजाइन गरेका हुन।

नेपालकाे नयाँ क्षेत्रफल

नेपालकाे नयाँ क्षेत्रफल सम्बन्धमा हाल सम्म यकिन तथ्याङ्क उपलब्ध हुन सकेकाे छैन। नापि विभाग बाट तयार भइ २०७७ ज्येष्ठ ०५ गते सार्वजनिक गरिएकाे नयाँ नक्सामा नेपालकाे क्षेत्रफल उल्लेख छैन भने विभिन्न स्राेतहरूमा नेपालकाे पुरानाे क्षेत्रफल १,४७,१८१ वर्ग किलाेमिटरमा ३३५ वर्ग किलाेमिटर थप भएकाे र नयाँ क्षेत्रफल १,४७,५१६ वर्ग किलाेमिटर कायम भएकाे भनिएकाे छ।

यद्यपि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गतकाे पाठ्यक्रम विकास केन्द्रले नेपालकाे भुभाग र सिमा सम्बन्धि स्वअध्धयन सामाग्रि वि.स. २०७७ भाद्र ३१ गते प्रकाशन गर्याे। यस पुस्तकले नेपालकाे नयाँ नक्सामा थपिएकाे क्षेत्रफल भनि ४६०.२८ वर्ग किलाेमिटर भनि उल्लेख गरिए सँगै नेपालकाे क्षेत्रफल १,४७,६४१.२८ वर्ग किलाेमिटर कायम हुन गएकाे देखिन्छ।

परराष्ट्र मन्त्रिकाे भारत भ्रमण

  • नेपाल भारत सिमा विवादका विच 14 देखि 16 January 2021 मा नेपालका परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवाली द्वारा भारतकाे भ्रमण गर्नुभएकाे छ। यस क्रममा नेपालकाे परराष्ट्र मन्त्रालयले जारि गरेकाे प्रेस विज्ञप्ति यहाँ उपलब्ध छ।

CONTRIBUTE HERE:
तपाँइका लेख, संकलित पाठ्यसामाग्रि तथा अन्ययन समाग्रिहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस
SEND NOW

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *