नेपालकाे आयकर प्रणाली

नेपालकाे आयकर प्रणाली

नेपालकाे आयकर प्रणाली

प्रचलित कानून बमोजिम प्राप्त गरिएको आय वा खुद आम्दानी मा लाग्ने करलाई आयकर भनिन्छ। कुनै व्यक्ति तथा संस्थाले कानूनबमोजिम गरेको रोजगारी पेसा व्यवसाय लगानी वा आकस्मिक परिघटना बाट प्राप्त गरेको आय बापत सरकारलाई अनिवार्य रुपमा तिर्नुपर्ने तिरो नै आय कर हो।

यो आयमूलक कार्यमा संलग्न व्यक्ति फर्म कम्पनी वा संस्थाबाट आर्जन गरेको आयको आधारमा राज्यले पक्षको रुपमा प्राप्त गर्ने अनिवार्य भुक्तानी  हो। नेपालमा आय कर लाइ व्यवस्थित तुल्याउन आयकर एेन २०५८ र नियमावली २०५९ जारी गरिएकाे छ।

आयकर आयातकर्ताले बुझेको खुद मुनाफा पारिश्रमिक वा प्रतिफलमा लाग्दछ।  यो स्वयं कर निर्धारण सिद्धान्तमा आधारित भएकोले आम्दानी बमोजिम कर तिर्नुपर्ने दायित्व आय कर्तामा रहन्छ।

नेपालमा आयकर

नेपालमा प्राचिन लिच्छविकाल देखि नै आय कर काे रूपमा भाग, भाेग र कर जस्ता त्रिकर हरू लाग्ने प्रचलन थियाे। कानूनि रूपमा वि. सं २०१६ सालमा अार्थिक एेन बमाेजिम पारिश्रमिक र व्यापारमा मुनाफा कर लगाउन सुरू गरिएकाे थियाे। नेपाल आय कर एेन २०१९ र आय कर नियमहरू २०२० ले नेपालकाे आय कर लाइ अाधुनिक र कानूनि रूपमा निर्दिष्ट गर्याे।

वि.सं २०३१ सालमा नेपाल आय कर एेन २०३१ तथा साे काे नियमावलि नेपाल आय कर नियमावली २०३९ जारी भएकाे थियाे । हाल आय कर एेन २०५८ र नियमावली २०५९ प्रचलनमा रहेका छन भने आय कर लाइ व्यवस्थापनका निमित्त अान्तरिक राजश्व विभागकाे स्थापना गरिएकाे छ।

आय कर प्रणालीका सिद्धान्तहरू

  • उत्पत्तिकाे सिद्धान्त
  • बासिन्दाकाे सिद्धान्त
  • एकीकृत कर प्रणालीकाे सिद्धान्त
  • स्राेतगत कर प्रणालीकाे सिद्धान्त

नेपालमा आय कर प्रणालीकाे स्वरूप

नेपालमा आयकर प्रणाली

संस्थागत र व्यक्तिगत आयकरलाई सङ्घको अधिकार क्षेत्रभित्र राखिएको छ भने कृषि आयमा लाग्ने करलाई प्रदेश अन्तरगत राखिएको छ।

देशभर एकरुपता पूर्ण तरिकाले आय करलाई अवलम्बन गरिएको छ।

स्वयं कर निर्धारण प्रणालीमा आधारित आय कर प्रणाली अवलम्वन गरिएको छ।

करका आधार प्रक्रिया र दर लगायतका विषय कानुन र स्पष्ट निर्दिष्ट गरिएको छ।

आय कर प्रणालीलाई संस्थागत रुपमा व्यवस्थापन गर्न नेपाल सरकार अर्थ मन्त्रालय मातहत आन्तरिक राजस्व विभाग र विभिन्न कर कार्यालयको स्थापना गरिएको छ।

अाय रकमको सीमा को आधारमा कम आयमा कम दर र बढी आयमा बढी दर मा आयकर लाग्ने प्रगतिशील कर प्रणालीको अवलम्बन गरिएको छ।

एकीकृत कर प्रणाली र स्राेतगत तथा अग्रिम कर कट्टी विधि समेतको मिश्रित प्रयोग गरिएको छ।

नेपालको बासिन्दा व्यक्ति आयको श्रोत जहाँ सुकै भएपनि नेपालमा कर तिर्नुपर्ने र गैर बासिन्दा व्यक्तिकाे आयस्रोत नेपालमा भए नेपालमा कर तिर्नुपर्ने पद्धति अवलम्बन गरिएको छ।

आय कर प्रशासन समेतलाई प्रभावकारी तुल्याउन विशिष्टीकृत प्रशासनिक संयन्त्र राजस्व समूहको  प्रबन्ध गरिएको छ।

स्थायी लेखा नम्बरको माध्यमबाट आयकरलाई व्यवस्थित  तुल्याइएको छ। पूँजीगत लाभमा पनि आय कर लाग्ने व्यवस्था रहेको छ।

आयको मात्रा र प्रकृति अनुसार लाग्ने करको दर निर्धारण गरिएको छ।

आयआर्जनको सिलसिलामा भएका विभिन्न खर्चहरु कटाई बाकी रहेको आयमा मात्र आय कर लाग्ने व्यवस्था गरिएको छ।

आन्तरिक उत्पादन निर्यात प्रवर्द्धन र सन्तुलित विकासमा योगदान पुर्याउने कार्यबाट हुने अायमा विभिन्न दरमा छुटको व्यवस्था गरिएको छ।

बासिन्दाको सिद्धान्त र उत्पति सिद्धान्तको प्रयोगबाट करदातालाई मर्का पर्न नदिन दोहोरो करमुक्ति सम्झौता र कर  समायोजनको व्यवस्था पनि गरिएको छ।

स्वयम कर घाेषणा पद्धतिमा अाधारित नेपालकाे अायकर प्रणाली नेपालि अर्थतन्त्रकाे महत्वपुर्ण प्रतिविम्ब हाे । याे कर प्रगतिशिल तरिकाले लगाइएकाे हुनाले राज्यले कर प्रणाली द्वारा सामाजिक न्यायकाे स्थापना र समानता हासिल गरि समाजवादकाे लक्ष्य माथि न्याय गरेकाे छ। नेपालकाे समग्र कर प्रणालीमा रहेका यावत समस्याहरूनै अाय कर प्रणालीकाे पनि समस्या हाे । नेपालकाे अायकर प्रणालीलाइ अज्जै व्यवस्थित, पारदर्शि र व्यापक तुल्याउन सके राज्य प्रतिकाे नागरिक कर्तव्यपालनमा वृद्धिहुन गइ सार्वजनिक काेष प्रति जनचासाेमा बढाेत्तरी हुने थियाे ।


 

2 Responses

  1. […] राज्यले कर लगाउन र उठाउन पाउने छ भनि आयकरकाे संवैधानिक अाधार निर्माण गरिएकाे […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *