लाेक सेवा तयारीले विभिन्न समयमा लाेक सेवा अायाेग द्वारा साेधिएका प्रश्नहरू , नमुना प्रश्नहरू तथा पाठयक्रमका अाधारमा शासन प्रणाली, समसामयिक सवालहरू र सेवा सम्बन्धि विषयमा नमुना प्रश्नहरू प्रस्तुत गर्दछ। यहाँ प्रस्तुत गरीएका प्रश्नहरू नितान्त अभ्यास प्रयाेजनका लागि मात्र हुन। यि प्रश्नहरूलाइ कुनै माध्यमबाट विक्रि वितरण र पुनरूत्पादन गर्न प्रतिबन्ध गरिएकाे छ।
- सरकार र शासन बीचका अाधारभुत भिन्नताहरूकाे उल्लेख गदै नेपालमा संघियता कार्यान्वयन सँगै शासन प्रणालीमा देखिएका समकालिन चुनाैतिहरूकाे विश्लेषण गर्नुहाेस। ४+६=१०
- राष्ट्र निर्माणका पुर्वशर्तहरू के के हुन? सांस्कृतिक विविधतापुर्ण मुलुक नेपालमा राष्ट्र निर्माण तथा राज्य निर्माणका लागि भएका प्रयासहरूका बारे लेख्नुहाेस। ४+६=१०
- नेपालकाे संवैधानिक विकासक्रमकाे संक्षिप्त चर्चा गर्दै हाल सम्म जारी भएका संविधानहरूकाे तुलना गर्नुहाेस। ४+६=१०
- समावेशिकरण भनेकाे के हाे? यसले समाज परीवर्तनमा कस्ताे प्रभाव पार्छ? स्पष्ट गराउनुहाेस। ३+७=१०
- नेपालमा संघीय प्रणालीकाे वर्तमान अवस्थाबारे संक्षेपमा चर्चा गर्दै संघ, प्रदेश र स्थानीय तह बीचकाे अन्तरसम्बन्ध बारे अाफ्नाे जानकारी प्रस्तुत गर्नुहाेस। ५+५=१०
- सार्वजनिक काेषकाे सदुपयाेग भनेकाे के हाे? नेपालकाे परिवेशमा सार्वजनिक काेषकाे सदुपयाेग गर्न सदाचार र नैतिकताकाे अावस्यकतालाइ किन महत्वपुर्ण पक्षकाे रूपमा मानिएकाे छ? माैलिक तर्क प्रस्तुत गर्नुहाेस। ४+६=१०
- कर्मचारीतन्त्रका सवालमा म्याक्स वेवरले प्रस्तुत गरेका विशेषताहरू उल्लेख गर्दै वर्तमान नेपालकाे संघीय शासन प्रणाली संचालनकाे सन्दर्भमा त्यस्ता विशेषताहरूकाे सार्दभिकताकाे चर्चा गर्नुहाेस। ५+५=१०
- सार्वजनिक वित्तकाे प्रभावकारी व्यवस्थापन गर्न प्रत्येक वर्षकाे बजेटले केही न केही प्रयासहरू गरेकाे हुन्छ। यस सन्दर्भमा चालु अा.व.काे वजेटले अघि सारेका नीति तथा कार्यक्रमहरू उल्लेख गर्नुहाेस। १०
- याेजना तर्जुमा प्रक्रियामा विषयगत मन्त्रालयहरू तथा सम्लग्न निकायहरूकाे अाैपचारिक भूमिका उल्लेख गर्नुहाेस। १०
- सहभागितामुला विकास प्रक्रियाकाे महत्व माथि प्रकाश पार्दै नेपालकाे याेजना प्रणाली कति सम्म सहभागीतामुलक छ? विवेचना गर्नुहाेस। ४+६=१०
नेपालमा आयकर छुट हुने १५ आयहरू