थ्री नेसन्स कप (Three Nation Cup)

काठमाडाैमा जारी थ्री नेसन्स कप (Three Nation Cup) काे उपाधि नेपालले जितेकाे छ। फाइनल खेलमा वंगलादेशलाइ २-१ गाेलले पराजित गर्दै उपाधि जितकाे हाे। दशरथ रंगशालामा भएकाे फाइनल खेल हेर्ने नेपालका प्रधानमन्त्रि के पि शर्मा अाेलि समेत उपस्थित हुनुभएकाे थियाे।

थ्री नेसन्स कप (Three Nation Cup)

थ्री नेसन्स कप (Three Nation Cup) विस्तृत जानकारी

  • अायाेजकः एन्फा (ANFA)
  • सहभागि टिमः नेपाल, वंगलादेश, किर्गिस्तान
  • संचालन अवधिः चैत्र १० – चैत्र १६
  • जम्मा खेल संख्याः ४
  • जम्मा गाेल संख्याः १ अात्माघाति गाेल सहित ३ गाेल
  • विजेताः नेपाल (५ हजार अमेरिकि डलर)
  • उपविजेताः वंगलादेश (३ हजार अमेरिकि डलर)
  • प्रतियाेगिताकाे सर्वाेकृष्ट खेलाडिः राेहित चन्द – नेपाल
  • नेपाल बाट गाेल गर्नेः संजाेग राइ (१८ औ मिनेट), विशाल राइ (४२ औ मिनेट)
  • वंगलादेश बाट गाे गर्नेः महबुब रहमान (८३ औ मिनेट)
  • नेपाल सरकार द्वारा थ्री नेसन्स कपका विजेटा टाेलिका प्रत्येक सदस्यलाइ जनही चार लाखका दरले पुरस्कृत गर्ने घाेषणा गरेकाे छ।

नेपाली टाेलीः

गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

थ्री नेसन्स कप (Three Nation Cup)
थ्री नेसन्स कप (Three Nation Cup) काे एक दृश्य

विराजकाे संन्यास

राष्ट्रिय फुटबल टिमका नियमित कप्तान विराज महर्जन ले चैत्र १६ गते दशरथ रंगशालामा थ्री नेसन्स कपकाे फाइनल खेल्दै अन्तराष्ट्रिय खेल जीवन बाट संयास लिएका छन। उनि नेपालका तर्फ बाट ७३ अन्तराष्ट्रिय गेम खेल्ने एकल खेलाडी हुन। पुर्व कप्तान समेत रहेका विराज महर्जनले नेपालकाे कुल १८ अन्तराष्ट्रिय खेलमा कप्तानी गरेका थिए।

  • डेब्युः २००८ मार्च २५
  • डेब्यु गेमः पाकिस्तान विरूद्ध मैत्रिपुर्ण खेल
  • सन्यासः २०२१ मार्च २९
  • राष्ट्रिय टिम बाट खेलेकाे खेल संख्याः ७३
  • अन्तराष्ट्रिय उपाधिः वंगबन्धु गाेल्डकप, १२ अाै साग, साेलिडारिटि कप
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *