टाेकियाे ओलम्पिक २०२०

टाेकियाे ओलम्पिक २०२० समापन भएकाे छ। जापानकाे टाेकियाे शहरमा सम्पन्न भएकाे ग्रिष्मकालिन ओलम्पिक २०२० भव्यताका साथ समापन भएकाे हाे । नेपाल बाट यस ‌ओलम्पिकमा चार खेलका पाँच खेलाडिहरुले सहभागिता जनाए। यस ‌ओलम्पिकमा नेपाल पदक विहिन रहन गयाे ।

  • नाराः United by Emotion
  • मस्कटः मिराइताेवा
  • जम्मा समावेश खेलः ३३ वटा (५ वटा नयाँ खेल समावेश)
  • जम्मा सहभागि देश संख्याः २०५ र १ शरणार्थी टिम
  • जम्मा पदक संख्याः ३३९
  • सहभागि खेलाडीः ११,०९१ जना (सवैभन्दा धेरै अमेरिका बाट ६१३ जना सहभागी)
  • उद्घाटन खेलमा दिप प्रज्वलनः नाओमि ओशाका, जापान
  • याे ओलम्पिकमा नेपालकाे तर्फबाट झण्डा बाेक्ने पाैडीका अलेक्जेण्डर शाह र गाैरिका सिंग
  • २०१६ काे ओलम्पिकमा नेपालकाे तर्फबाट झण्डा बाेक्ने जुडाेकि फुपु ल्ह्ामु शेर्पा थिइन ।
  • नयाँ सहभागि खेलः कराँते, स्केटबाेर्डिङ, बेसबल र सफ्टबल, सर्फिङ, स्पाेर्टस क्लाइम्बिङ
  • पहिलाे स्वर्ण विजेताः याङ किएन, चीन
    • उनले सुटिङकाे महिला १० मिटर एयर राइफलमा स्वर्ण जितेकि हुन ।
  • कान्छी स्वर्ण विजेताः माेमिजी निशाया, जापान (१३ वर्ष – टेबुल टेनिस)
    • इतिहासकै कान्छि स्वर्ण विजेताः मार्जिरि गेस्ट्रिङ,अमेरिका
  • कान्छी खेलाडीः हेन्ड जाजा, सिरिया (१२ वर्ष)
  • याे ओलम्पिकमा विभिन्न १५३ वटा राष्ट्रिय किर्तीमान हरू कायम भएका छन् विभिन्न देशका ।
  • जेठाे खेलाडीः म्यारी हाना, अष्ट्रेलिया (६६ वर्ष – घाेडचढी )
  • जेठा पदक विजेताः अब्दुल्ला अल रसिदि, कुवेत (सुटिङ)
  • दक्षिण एशियाबाट स्वर्ण जित्नेः निरद चाेपडा, भारत (ज्याभलिङ थ्राे)
  • याे ओलम्पिकमा बर्मुडा, कतार र फिलिपिन्सले पहिलाे पटक स्वर्ण पदक जितेका छन ।
  • फुटबलकाे स्वर्ण पदकः
    • पुरूष तर्फः स्पेनलाइ हराएर ब्राजिलले हात पार्याे
    • महिला तर्फः स्विडेनलाइ हराएर क्यानडाले जित्याे ।
  • अागामि ओलम्पिकहरू क्रमश निम्नानुसार हुनेछनः
    • ३१ अाैः २०१६ मा ब्राजिलमा भएकाे
    • ३२ अाैः २०२१ मा जापानमा भएकाे
    • ३३ अाैः २०२४ मा फ्रान्समा हुने तय
    • ३४ अाैः २०२८ मा लसएन्जेल्स मा हुने तय
    • ३५ अाैः २०३२ मा व्रिशवेन शहर अष्ट्रेलिया मा हुने तय
  • टाेकियाे ओलम्पिक २३ जुन २०२१ मा सुरु भइ ८ अगस्ट २०२१ मा समापन भएकाे थियाे । काेभिड-१९ का कारणले याे ओलम्पिक एक वर्ष ढिला गरि सञ्चालन भयाे ।
  • अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य गरी कूल ११३ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य पदक सहित दाेश्राे स्थानमा रहेकाे छ ।
  • याे ओलम्पिकमा शरणार्थी टीम बाट २९ जना खेलाडिहरूले सहभागिता जनाएका थिए ।
  • नेपालले यस ओलम्पिक का चार खेलका पाँच खेलाडिले सहभागिता जनाएका छन । नेपाल उपाधि विहिन रहनपुग्याे ।
  • नेपाल बाट पौडीमा गौरिका सिंह र एलेक्जेन्डर साह, सुटिङकी कल्पना परियार, एथ्लेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले सहभागिता जनाएका थिए ।
  • नेपालबाट पौडीका गौरिका र एलेक्स सँगै सुटिङकी कल्पनाले आफ्नै कीर्तिमान सुधार गरि ओलम्पिक सहभागितालाइ सुखद तुल्याएका छन् ।
  • आगामि ओलम्पिक २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्स को पेरिसमा हुने तय भएकाे छ । 
image 1 –
नेपालबाट सहभागि खेलाडीहरु
E7LXZ XXsAIN2qW?format=jpg&name=medium –
गाैरिका सिंग नेपालकाे झण्डाकाे साथमा

टाेकियाे ओलम्पिक २०२० पदक तालिका

RankCountryGold MedalSilver MedalBronze MedalTotal
1United States of America394133113
2People’s Republic of China38321888
3Japan27141758
4Great Bratain22212265
5Russian Olympic Committee20282371
6Australia1772246
7Netherlands10121436
8France10121133
9Germany10111637
10Italy10102040
टाेकियाे ओलम्पिक २०२० पदक तालिका
टाेकियाे ओलम्पिक २०२० पदक तालिका
टाेकियाे ओलम्पिक २०२० पदक तालिका

ओलम्पिक बारे विभिन्न जानकारी

  • प्रथम ओलम्पिक सन् ७७६ मा ग्रिस काे एथेन्समा सम्पन्न भएकाे थियाे भने आधुनिक ओलम्पिक सन् १८९४ बाट सुरु भएकाे हाे ।

ओलम्पिक र नेपाल

नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा नै आयोजना गरिएको १८औँ ओलम्पिकमा सहभागिता जनाएको थियाे । सो ऐतिहासिक सहभागितामा नेपालका भुपेन्द्रबहादुर केसी र गङ्गाबहादुर थापाले (म्याराथन), नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा (बक्सिङ) मा प्रतिस्पर्धा गर्नुभएको थियो ।

आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो ओलम्पिक भए पनि नेपालले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको १५औँ ओलम्पिकमा पर्यवेक्षकको रूपमा भाग लिइसकेको थियो ।

सन् १९६८ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न १९औँ ओलम्पिकमा नेपालले भाग लिएन । त्यसपछि नेपालले लगातार ओलम्पिकमा सहभागिता जनाएको छ 

समसामयिक घटनाहरूकाे सुचीः

लाेक सेवा सम्बन्धि प्रथम पत्रकाे तयारीका लागि अन्य आवश्यक पाठ्यसामाग्रि का लागि यहाँ क्लिक गर्नुहाेला।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *