जनसांख्यिकीय लाभांश र यस्काे उपयाेगिता

जनसांख्यिकीय लाभांश र यस्काे उपयाेगिता

लाभांश –

जनसांख्यिकीय लाभांश भन्नाले के बुझिन्छ? यस्लाइ उपयाेग गर्न के गर्नु पर्दछ?

जनसांख्यिकीय लाभांश

जनसांख्यिकीय लाभांश (Demographic Dividend)

देशमा उपलब्ध जनसंख्यामा आर्थिक रुपले सक्रिय हुन सक्ने जनसंख्याको बाहुल्यता रहेको अवस्था नै जनसांख्यिकीय लाभांश हो । अर्काे अर्थमा, देशको कुल जनसंख्यामा श्रम गर्न सक्ने वा आर्थिक रुपले स्वावलम्वी वा सक्रिय हुन सक्ने जनसंख्या धेरै भएको अवस्था हो जनसांख्यिकीय लाभांश । ११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा आश्रित जनसंख्या (०–१४ र ६० वर्ष माथि) ४३.०४ प्रतिशत र सक्रिय जनसंख्या (१५–५९ वष) ५६.९६ प्रतिशत रहेको छ जसबाट हेर्दा नेपालमा जनसांख्यिकीय लाभांश रहेको देखिन्छ ।

जनसांख्यिकीय लाभांशलाई उपयोग गर्ने तरिका

वर्तमान समयमा नेपालमा रहेको जनसांख्यिकीय लाभांश सधै रहि रहदैन यसलाई महत्तम रुपमा उपयोग गर्न देहायका उपायहरु अवलम्बन गर्नु पर्ने देखिन्छ
 शिक्षा, तालिम, पोषण, स्वास्थ्य, अध्ययन तथा अनुसन्धानमा लगानी वढाई सक्रिय उमेर समुहलाई दक्ष मानव शक्ति वा Human Capital को रुपमा विकास गर्ने,
 ठुला पुर्वाधार जस्तै मेगा जलविद्युत गृह, ट्रान्समिसन लाइन, पूर्व पश्चिम तथा उत्तर दक्षिण लोकमार्ग, रेल मार्ग, हवाई मैदान, पक्की पुल निर्माणमा लगानी गरी अत्यधिक रोजगारी सिर्जना गर्ने,

 सीप विकास तालिम र स्थानीय श्रोत परिचालनका माध्यमबाट स्वरोजगारीको सिर्जना गर्ने,
 कृषिलाई व्यवसायिक र आधुनिक बनाउदै सामुहिक खेती प्रणालीका माध्यमबाट विविधिकरण गर्ने,
 खानी तथा अन्य श्रोतहरुको परिचालन गरी औद्योगिक रोजगारीको सृजना गर्ने,
 श्रममा आधारित उद्योग व्यवसाय फर्म, सेवा केन्द्रहरुको स्थापना र संचालनमा जोड दिने,
 पर्यटन गाइड, Hospitality and Tourism Management सम्बन्धि भएका शिक्षा र तालिमलाई गुणस्तरीय पर्यटनमा जोड दिने,

 पुँजीलाई अति चलायमान बनाउने तथा अधिकतम विनियमलाई बैकिंग च्यानलमा लगि बजारीकरण गर्ने,
 विदेशमा आवश्यक श्रमशक्तिको सर्वेक्षण र प्रक्षेपण गरी गुणस्तरीय वैदेशिक रोजगारीलाई खुला र पहुँचयोग्य बनाउने, आदि ।

अन्तमा, सक्रिय जनसंख्या नै देश विकासको आधार भएको हुँदा राज्यमा विद्यमान जनसांख्किकीय लाभांशकाे उपयाेगिता वृद्धि/सुदृढ गरी राज्य निर्माणमा केन्द्रित भए समृद्धिकाे सपना साकार हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *