कानून बमाेजिम राज्यलाइ बुझाउनुपर्ने बाध्यात्मक अार्थिक दायित्व नै कर हाे । कर राजस्व प्रणालीकाे अभिन्न भाग हाे। याे राज्य संचालनकाे इन्धन हाे ।
प्रत्यक्ष लाभकाे अपेक्षा नगरी नागरिकले राज्य लाइ बुझाउनु पर्ने दायित्व बमाेजिमकाे रकम नै कर हाे । याे राज्यकाे अधिकार तथा नागरिककाे कर्तव्य समेत हाे।
कुनै व्यत्ति , संस्था, फर्म वा व्यवसायले सरकारलाइ कानून बमाेजिम अनिवार्य रूपमा बुझाउनु पर्ने राजस्व लाइ नै कर भनिन्छ । याे राज्यकाे सार्वभाैमिक अार्थिक अधिकार हाे भने नागरिककाे अनिवार्य दायित्व समेत हाे । राज्यले करकाे दर, दायरा, अाधार र प्रक्रियाकाे निर्धारण कानून बमाेजिम गरेर जनताका प्रतिनिधि मार्फत स्विकृत गराएर मात्र नागरिक बाट कर असुल गर्नेपर्दछ भन्ने मान्यता रहि अाएकाे छ। कर नीति र कर प्रणालीकाे कार्यन्वयन राजश्व प्रशासनबाट सम्पन्न हुन्छ।
Table of Contents
कर सम्बन्धि अवधारणा
राज्यकाे उत्पत्ति सँगै सार्वजनिक अायकाे रूपमा अाम नागरिबाट तथा भुमि किसानहरू बाट राजस्वकाे रूपमा कर उठाउने गरिएकाे थियाे । मुलतः १३ अाै शताब्दीमा बेलायतमा भएकाे पादरी र जताहरूकाे अान्दाेलन र राजा जाेन द्धितीय द्वारा जारि म्याग्नाकार्टाले No Taxation Without Representation काे अवधारणा विकास गर्याे जस्ले अाधुनिक कर प्रणालीकाे सुरूवात गरेकाे मानिन्छ।
करका सिद्धान्तहरू
- समानताकाे सिद्धान्त
- निश्चितताकाे सिद्धान्त
- तिर्न सक्ने क्षमताकाे सिद्धान्त
- सजिलाेपनाकाे सिद्धान्त
- प्रगतिशिल कर प्रणालीकाे सिद्धान्त
- मितव्ययिताकाे सिद्धान्त
- लकचताकाे सिद्धान्त
- उत्पादन र उत्पादकत्वकाे सिद्धान्त
- अान्तरिक क्षमता अभिवृद्धिकाे सिद्धान्त
- विविधतकाे सिद्धान्त
- अनुमाेदनकाे सिद्धान्त
- करदातामैत्रि कर प्रणालीकाे सिद्धान्त
करकाे उद्देश्य
- सार्वजनिक खर्चकाे प्रबन्ध गर्ने
- अार्थिक वृद्धि कायम गर्ने
- माैद्रिक बजारकाे नियमन र नियन्त्रण गर्ने
- सामाजिक न्याय कायम गर्ने
- कल्याणकारी राज्यकाे स्थापना गर्ने
- राज्यप्रति नागरिक स्वामित्व अभिवृद्धि गर्ने
- समृद्ध राज्य निर्माण गर्ने
- राज्यका दीर्घकालीन लक्ष्यहरू हासिल गर्ने
- श्राेत साधनकाे न्यायाेचित वितरण गर्ने
- समष्टिगत अार्थिक स्थायित्व कायम गर्ने
CONTRIBUTE HERE:
तपाँइका लेखहरू हामिलाइ सम्प्रेषण गर्नुहाेस र उचित पारिश्रमिक पाउनुहाेस ।
SEND NOW
करका प्रकार / करकाे बर्गिकरण
- परम्परागत र अाधुनिक कर
- प्रगतिशिल, प्रतिगामि र समतामुलक कर
- केन्द्रीय तथा स्थानीय कर
- राष्ट्रिय तथा अन्तराष्ट्रिय कर
- निर्दिष्ट र अनुपातिक कर
- वस्तुगत तथा मुल्यगत कर
प्रत्यक्ष कर र अप्रत्यक्ष कर भनेको के हाे?
व्यत्तिले तिर्न पर्ने करकाे भार अाफुबाट अन्यत्र सार्न असमर्थ रहन्छ भने त्यस्ताे कर लाइ प्रत्यक्ष कर भनिन्छ। यस्ताे करकाे सन्दर्भमा करकाे भारका हिसाबले कानूनि करदाता र व्यवहारिक (वास्तविक) करदाता एकै व्यत्तिमा पर्न जान्छ। जस्तैः अाय कर, सम्पत्ति कर इन्यादी
करकाे भार अन्य व्यत्तिमा सार्न सकिने कर लाइ अप्रत्यक्ष कर भनिन्छ। यस्ताे करमा वास्तविक करदाता र कानूनि करदाता भिन्न भिन्न व्यत्ति रहेका हुन्छन। कानूनि करदाताले राज्यका लागि वास्तविक करदाता बाट कर उठाइदिन्छ। जस्तैः मुल्य अभिवृद्धि कर, अन्तः शुल्क कर, भन्सार महशुल इन्यादी।
कर राजस्व र गैर कर राजस्व भनेकाे के हाे?
राज्य संरचनाले तयार पारि हरेक नागरिकबाट समानता, एकरूपता वा अन्य यावत उपकरणहरूकाे प्रयाेग मार्फत अनिवार्य रूपमा संकलन गर्ने राजस्व नै कर राजस्व हाे तथापि नागरिककाे छनाैट, सेवाकाे उपभाेग वा अन्य यस्तै कुनै हिसाबले बुझाउनु पर्ने दस्तुर, महशुल वा अन्य जुनसुकै रकम गैर कर राजस्व हाे ।
नेपालकाे कर प्रणाली काे अभिन्न स्राेतकाे रूपमा कर राजस्व र गैरकर राजस्व लाइ वर्गिकरण गरिएकाे छ। कर र गैर कर राजस्व अाफैमा राजस्व भएता पनि यि एक अर्कामा पृथक छन।
कर र गैर कर राजश्वमा भिन्नता छ। भिन्नताका लागि यहाँ क्लिक गर्नुहाेस
