आर्थिक सर्वेक्षण २०७७/०७८

नेपाल सरकार अर्थ मन्त्रालयले आ.व. २०७७/०७८ काे आर्थिक सर्वेक्षण २०७७/०७८ सार्वजनिक गरेकाे छ। प्रत्येक आर्थिक वर्षकाे समग्र प्रगति विवरणलाइ अंकगणितिय मानकमा मापन गरि राज्यकाे वस्तुगत आर्थिक स्थितिकाे जानकारी अर्थ मन्त्रालयले दिने गर्दछ। आर्थिक सर्वेक्षण अर्धवार्षिक रूपमा प्रकाशन हुदै आएकाे छ।

आर्थिक सर्वेक्षण २०७७/०७८
आर्थिक सर्वेक्षण २०७७/०७८

२०७८ ज्येष्ठ १४ गते सार्वजनिक गरिएकाे आर्थिक सर्वेक्षण मा समग्र देशकाे आर्थिक स्थिति, काेभिड १९ ले देशकाे अर्थतन्त्रमा पारेकाे प्रभाव, सार्वजनिक वित्तकाे वस्तुगत अवस्था, समग्र वित्तिय तथा बाह्य क्षेत्र, गरिबी निवारण र राेजगारी, भुकम्प पछिकाे पुनःनिर्माण, भाैतिक पुर्वाधार तथा यातातात संचार का साथै प्रदेश तथा स्थानीय तहकाे आर्थिक तथा सामाजिक स्थितिकाे तथ्याङ्क प्रस्तुत गरिएकाे छ।

१५ अाैँ वार्षिक याेजना लाइ अा.व. ०७७/७८ काे बजेटले पुर्याएकाे याेगदान तथा देशकाे समग्र आर्थिक अवस्थितिकाे विषयकाे यथार्थता प्रस्तुत गरि अागामि अा व काे बजेट निर्माण तथा समग्र आर्थिक गतिविधिलाइ दिशानिर्देश गर्न आर्थिक सर्वेक्षणकाे महत्वपुर्ण याेगदान रहदै आएकाे छ।

आर्थिक सर्वेक्षण २०७७/०७८ काे सारांश

नेपालकाे नयाँ आर्थिक सर्वेक्षण ले प्रस्तुत गरेका विभिन्न आर्थिक उपलब्धि तथा प्रत्क्षेपित उपलब्धि हरू निम्नानुसार छन।

  • सन २०२० मा विश्व अर्थतन्त्र ३.३ % ले संकुचन भएकाे छ।
  • विश्व अर्थतन्त्र सन २०२१ मा ६% ले विस्तार हुने छ।
  • अा.व. २०७६/७७ मा नेपालकाे अार्थकि वृद्धिदर २.१२ % ले ऋणात्मक रहेकाे छ।
  • चालु अा.व २०७७/७८ नेपालकाे आर्थिक वृद्धिदर ४.०१% हुने अनुमान छ।
  • सवै प्रदेशकाे आर्थिक ३.५ % भन्दा उच्च रहने अनुमान छ।
  • सवैभन्दा धेरै वाग्मति प्रदेशकाे आर्थिक वृद्धिदर ४.६२% रहने छ भने सवैभन्दा कम प्रदेश नं ०२ काे वृद्धिदर ३.५२% रहने अनुमान छ।
  • चालु अा.व मा कृषि, उद्याेग र सेवा क्षेत्रकाे कुल मुल्य अभिवृद्धि क्रमशः २.६%, ५% र ४.४% रहने छ।
  • चालु अा.व. मा धानकाे उत्पादन १.३% ले वृद्धि हुनेछ।

Download आर्थिक सर्वेक्षण २०७७/०७८

आर्थिक वर्ष २०७७/०७८ काे समग्र वित्तिय विवरण प्रस्तुत गरेकाे आर्थिक सर्वेक्षण २०७७/०७८ pdf फर्माटमा Download गर्न अर्थ मन्त्रालयकाे Website https://mof.gov.np/np/ मा गएर Documents तथा Download Section भित्र बाट तपाँइले नयाँ आर्थिक सर्वेक्षण प्राप्त गर्न सक्नुहुन्छ। उत्त खण्डमा यहाँ भन्दा अघिल्लाे अा.व मा प्रकाशन भएका सर्वेक्षण हरू समेत तपाँइले प्राप्त गर्न सक्नुहुन्छ।

अथवा, नेपालकाे आर्थिक सर्वेक्षण २०७७/०७८ Download गर्न तल दिइएकाे Download बटममा क्लिक गर्नुहाेस।

Add a Comment

Your email address will not be published. Required fields are marked *